Header Ads


माओवादीको हेटौंडा १८ मा एकता बैठक

हेटौंडा, ९ असोज/नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडा नम्बर–१८ संयुक्त एकता बैठक भएको छ । 
बैठकले रामकृष्ण दुलाल संयोजक रहनेगरी ३५ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ । भेला आयोजक समितिमा आधुनिक तिमल्सिना, चन्द्रबहादुर पाख्रिन, रामबहादुर लामा, बिरोध थिङ, उमेश बिडारी, हरिबहादुर थिङ, मीरा लामा, बुद्धिमाया भोम्जनलगायत रहेका छन् । संयुक्त वडा इन्चार्ज कुमार घलानको अध्यक्षतामा भएको एकता बैठकमा माओवादी जिल्ला कार्यालय सदस्य एवम् हेटौंडा उपमहानगरपालिका इन्चार्ज प्रकाश पाण्डे (प्रलोक)को प्रमुख आतिथ्यता रहेको थियो । यस्तै जिल्ला कार्यालय सदस्य एवम् हेटौंडा उपमहानगरपालिका संयोजक कमान सिं पाख्रिन (पृथक), सह संयोजक विवेक राई, नगर कार्यालय सदस्य मानबहादुर लामालगायतले समसामयिक राजनीतिक अवस्थाको बिषयमा मन्तव्य व्यक्त गर्दै अझै क्रान्तिकारी शक्तिको एकता आवश्यक रहेकोमा जोड दिएका थिए । 
बैठकले नेपालीहरुको महान पर्व शुभ विजया दशमीको अवसरमा यही असोज १७ गते शुभकामना आदानप्रदान एवम् चियापन समारोहको आयोजना गरेको पार्टी जिल्ला आयोजक समिति सदस्य लालबहादुर घलानले जानकारी दिए ।
Powered by Blogger.