Header Ads


होटल अनुगमनको मिडियालाई दिइएन जानकारी

हेटौंडा, ९ असोज/जिल्ला प्रशासन कार्यालय मकवानपुर, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय र उपभोक्तावादी संस्थाहरुले हेटौंडा बजारका होटलहरुको भान्सा अनुगमन गरेको छ । 
अनुगमनका क्रममा म्याद सकिएका खाद्य पदार्थ, फोहोर लगायतका कमी कमजोरी भेटिएको जानकारी दिइएको छ । अनुगमन टोलीले म्याद गुज्रिएका खाद्य पदार्थलाई आफैसंग लगेका थिए भने भान्सा घरलाई एक पटकका लागि सफा गर्न सचेत गराएको छ । तर कुन कुन होटलमा म्याद गुज्रिएको खाद्य पदार्थ भेटियो र कुनमा राम्रो पाइयो भन्ने बिषयमा भने कुनै जानकारी दिइएको छैन । हेटौंडा बजारमा रहेका होटल एभोकाडो, सीमा, अनमोल, सामना लगायतका होटलहरुमा अनुगमन गरेको जानकारीमा आएको छ । यस्तै जिल्लाका सञ्चार माध्यमका प्रतिनिधीहरुलाई समेत बजार अनुगमनको बिषयमा जानकारी नदिइएको पाइएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेव आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रणका खाद्य प्राविधिक विक्रम लिम्बु, जगतप्रसाद चौधरी, दिनेश ढु·ाना, राष्ट्रिय उपभोक्ता मञ्चका महेश अग्रवाल, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडालगायतको उपस्थितीमा अनुगमन भएको हो । 
Powered by Blogger.