बहिरा दिवसमा विभिन्न कार्यक्रम
हेटौंडा, ९ असोज/मकवानपुर बहिरा संघको आयोजनामा ११ आँै अन्तराष्ट्रिय बहिरा दिवसको अवसरमा ‘सांकेतिक भाषाका साथ म बराबर छु’ भन्ने मूल नाराका साथ आइतबार मनाइएको छ ।
हेटौँडामा ¥याली एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । हेटौंडाको बुद्धचोकबाट शुरु भएको ¥याली टिसिएन रोड, बसपार्क, हेटौँडा अस्पताल, राप्तीरोड, संगमचोक हुँदै जिल्ला विकास समितिको सभाहलमा पुगी कोणसभामा परिणत भएको थियो । उक्त ¥यालीमा सुस्तश्रवण भएका ८५ जना स्कूलका बालबालिकाहरुको सहभागिता रहेको थियो । मकवानपुर बहिरा संघका अध्यक्ष राजेन्द्र रिमालको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला विकास समिति कार्यालयका सामाजिक विकास अधिकृत रामकृष्ण थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक वेदप्रसाद गौतम, पर्सा बहिरा संघका अध्यक्ष सविन श्रेष्ठ, श्री शान्ति बहिरा तथा सुस्तश्रवण आवासिय निमाविका प्राचार्य विष्णुप्रसाद लामिछानेलगायतको आतिथ्यता रहेको थियो ।


