Header Ads


रोट¥याक्ट क्लव अफ हेटौँडाद्वारा दुई संस्थामा सहयोग

हेटौंडा, २३ भदौ/केही हप्ता अघि मात्र स्थापित भएको रोट¥याक्ट क्लव अफ हेटौँडाले सामाजिक कार्यमा आफ्नो क्रियाशिलता बढाउन थालेको छ । 
केही हप्ता मात्र पदस्थापन कार्यक्रम भएको क्लवले बिहीबार दुईवटा भिन्दाभिन्दै संस्थालाई सहयोग गरेको छ । हेटौँडा–८ कमाने सुकुम्बासी टोलमा रहेको रोटरी सृजना प्राविका ५० जना बिद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गरेको हो भने हेटौँडा–२ मा रहेको अन्तरदृष्टि नेपालमा रहेका बालिकाहरुलाई पनि शैक्षिक एवम् खेलकुदका सामग्री सहयोग गरेको छ । 
रोटरी सृजना प्राविमा अध्ययनरत बालबालिकाहरु सुकुम्बासी परिवारको भएकाले उनीहरुलाई शैक्षिक सामग्री अभाव भएको जानकारी आएपश्चात सहयोग गरिएको रोट¥याक्ट क्लव अफ हेटौँडाका अध्यक्ष अनुराग अधिकारीको भनाइ छ ।अध्यक्ष अधिकारी, सदस्य ओम बर्तौलालगायतले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । यस्तै अन्तरदृष्टिमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा रोट¥याक्ट डिष्ट्रिक काउन्सिलका प्रमुख सुशीलकुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि कार्की, अध्यक्ष अधिकारी लगायतले अन्तरदृष्टि मकवानपुरका प्रमुख कल्पना शर्मालाई शैक्षिक एवम् खेलकुदका सामग्री प्रदान गरेका हुन् । रोट¥याक्टले गरेको सामाजिक कामप्रति खुसी व्यक्त गर्दै प्रमुख अतिथि कार्कीले आगामी दिनमा सामाजिक सेवालाई निरन्तरता दिनको निम्ति अनुरोध गरे । 
रोट¥याक्ट क्लव अफ हेटौँडाका अध्यक्ष अनुराग अधिकारीले सामाजिक सेवा एवम् युवाहरुको नेतृत्व विकासको निम्ति कृयाशील रोट¥याक्ट क्लवले आगामी दिनमा यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने बताए । 
Powered by Blogger.