भुटनदेवी मन्दिर सरसफाई
हेटौंडा, ६ असोज/मकवानपुरमा क्रियाशिल लियो क्लवहरुले भुटनदेवी मन्दिर परिसर सरसफाई गरेको छ ।
गोल्डेन स्टार इन्टरटेन्मेन्ट गु्रप र लियो क्लबहरुको संयुक्त आयोजनामा यही असोज १४ गते हेटौँडामा ‘शिक्षाका लागि संगीत’ भन्ने नाराका साथ हुन लागेको बृहत साँस्कृतिक कार्यक्रमको पूर्व सन्ध्यामा भुटनदेवी मन्दिर परिसर सरसफाई गरेको बताइएको छ । लियो क्वल अफ भुटनदेवी हेटौंडाको आयोजना एवम् जिल्लाका सम्पूर्ण क्लवका पदाधिकारी एवम् लायन्सका पदाधिकारीको सहभागितामा मन्दिर परिसरमा रहेको झाडीको सरसफाई गर्नुका साथै फोहोर र प्लाष्टिकजन्य वस्तुको व्यवस्थापन गरेको थियो । वर्षाको समयमा मन्दिर परिसरमा झाडी बढेकाले सरसफाई गरिएको र बृहत साँस्कृतिक कार्यक्रमको प्रचारप्रसार गर्नको लागि समेत यस सामाजिक कार्यले टेवा पुग्ने लियो क्वल अफ भुटनदेवी हेटांैडाका अध्यक्ष अर्जुन लामिछानेको भनाइ छ ।
सिनियर डिष्ट्रिक एड्भाईजर राम क्षेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मकवानपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु द एक्स व्याण्ड, सुगम पोखरेल, शिव परियार, गिरिश खतिवडा, मेलिना राई, बद्री पंगेनी, कोशिश क्षेत्री, डिजे असिम र स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको प्रचारप्रसारकै क्रममा बुधबार हेटौंडामा मोटरसाइकल ¥यालीकोसमेत आयोजना गरिएको कार्यक्रमका संयोजक किशोर टण्डनले जानकारी दिए ।

