Header Ads


अखिल क्रान्तिकारी मकवानपुरमा सुवेदीको नेतृत्व

हेटौंडा, ६ असोज/नेकपा माओवादी केन्द्र निकटको बिद्यार्थी संगठन अखिल क्रान्तिकारी मकवानपुरको अध्यक्षमा दिनेश सुवेदी चयन भएका छन् । 
बिहीबार हेटौंंडामा भएको एकताको सम्मेलनले सुवेदीको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । नव गठित क्रान्तिकारीको बरिष्ठ उपाध्यक्षमा आकाश पाख्रिन, उपाध्यक्षमा पविना लामा, देवेन्द्र चौलागाईँ र कपिल भुर्तेल, सचिवमा बिरु राई, सहसचिवमा रोजन तामाङ र शारदा शिकारी तथा कोषाध्यक्षमा पुष्प अमृत घताने रहेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षतिलकराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनको उद्घाटनमा माओवादी केन्द्र मकवानपुर इन्चार्ज कुमारी मोेक्तान, जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा नेपाली, क्रान्तिकारीका केन्द्रीय सचिव विजय गौतम, ३ नम्बर प्रदेश सहसंयोजक इन्द्र भुषाल, क्रान्तिकारीका मकवानपुर जिल्ला इन्चार्ज प्रदीप अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रमका अतिथिहरुले अखिल क्रान्तिकारीकै नाममा विभिन्न समूहमा विभाजित अवस्थामा रहेका बिद्यार्थी संगठन एक भए मात्र बिद्यार्थी आन्दोलन सफल हुने धारणा राखेका थिए । क्रान्तिकारीको जिल्ला अध्यक्षमा चयन भएका दिनेश सुवेदीले संगठनलाई थप मजबुत बनाउँदै आम विद्यार्थीको हकहितमा लाग्ने प्रतिबद्धता जनाए ।
Powered by Blogger.