प्रजातान्त्रिक विद्यार्थीद्वारा शुभकामना आदानप्रदान
हेटौंडा, ६ असोज/राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुर बहुमुखी क्याम्पस ईकाइ कमिटीको आयोजनामा बिहीबार बिजया दशमी, दीपावली र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
क्याम्पस इकाई कमिटी अध्यक्ष धु्रव गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य एवम् सांसद गणेश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस प्रमुख बच्चुराम अधिकारी, राप्रपा नेपाल नगर सभापति गुरुप्रसाद सापकोटा, विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रकाश चौलागाई लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

