Header Ads


नेत्रहीनको आधारभुत पुर्नस्थापना तालिम हेटौंडामा

हेटौंडा, २ कात्तिक/नेत्रहिन पुर्नस्थापना कार्यक्रम मकवानपुरको आयोजनमा हेटौंडामा १५ दिने 
आधारभुत पुर्नस्थापना सम्बन्धी तालिम सुरु भएको छ । 
दृष्टिविहीन व्यक्तिहरुको पुर्नस्थापना गर्ने उद्देश्यले मङ्गलबारबाट सुरु भएको तालिममा नेत्रीहन पुर्नस्थापना कार्यक्रम मकवानपुरका ९ वटा क्षेत्रका क्षेत्र कार्यकर्ताहरु सहभागी रहेका छन् । तालिममा सहभागी क्षेत्र कार्यकर्ताहरुले दृष्टिविहिनहरुलाई गमनशिलता, छामेर पढ्ने सम्बन्धी सीप सिकाउने नेत्रहिन पुर्नस्थापना कार्यक्रम मकवानपुर फिल्ड अधिकृत एवम् प्रशिक्षक प्रेम महर्जनले जानकारी दिए । १५ दिनको तालिम लिएपछी तालिममा सहभागी क्षेत्र कार्यकर्ताहरुले आ(आफ्नो क्षेत्रमा भएका दृष्टिविहीनहरुलाई गमनशिलता, छामेर पढ्ने सीप लगायतका कार्य गर्न सक्ने महर्जनले बताए । नेत्रहीन पुर्नस्थापना कार्यक्रम मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुर जिल्ला भित्र ५ हजार ८ सय १६ जना दृष्टिविहिनहरु रहेका छन् । जस मध्ये ६ सय ९२ जना उपचार हुन नसक्ने अवस्थामा रहेको उनको भनाई छ । 
Powered by Blogger.