Header Ads


‘जय मदेश’ को नारा नेपाल सिद्याउने खेलो हो

चाडपर्वको बेलामा धोको पु¥याएर खर्च गर्ने गरिन्छ । हिन्दुहरुको महान पर्व तीज तथा दशैँ २०७३ आयो र सकियो पनि । अब केहि दिन पछी तिहार आउछ र जान्छ पनि ।
नेपालको एक चर्चित पत्रिकाका सम्वाददाताले ‘यो बर्ष बिरगंजका व्यापारीहरुको व्यापार अघिल्लो बर्षको तुलनामा आधा पनि भएन भनेर समचार सम्प्रेषण गरेको रहेछ । त्यस्तो हुनुको कारण ‘मदेश बन्द देखि पहाडिया समुदायको मदेशबाट पलायन हुन बाध्य पारिनु’ भनेर उल्लेख गरिएको थियो ।
पंक्तिकारले झन्डै २० बर्ष सरकारी सेवामा आÇनो अमुल्य समय खर्चेको छ । त्यसरी समय खर्चिने सिलसिलामा आधा भन्दा बढी समय तराईको विभिन्न जिल्लाहरुमा दिएको छ ।  भाग्यले जुराएर भनु जीवन संगिनी पनि तराई (जनकपुर) कै परिन । २०४४ सालमा जनकपुरमा भिषण बाढी आयो । 
बाढीको मौका छोपेर जनकपुरको मुटु शिबचोकका एकजना व्यापारीले खाने नुनलाई परल मुल्य भन्दा चौबर मुल्यमा विक्रि गरेको सूचना प्रहरीले प्राप्त गर्ना साथ ति व्यापारी माथि कठोर कारबाही गरियो । कालाबजारी गर्ने समयमा अहिले पनि ति व्यापारीले २०४४ सालको समयलाई पक्कै पनि याद गरेको हुनु पर्दछ । समाजको रक्षक प्रहरी कठोर भएन भने अस्थिरता पैदा हुन्छ । अहिले राजनीतिक पार्टीहरुको आडमा सबै छाडा भएका 
छन भने चाहेर पनि प्रहरीले गल्ति गर्ने माथि कडा कारबाही गर्ने हिम्मत गर्दैनन । प्रजातन्त्र हो कि छाडातन्त्र खुट्याउन गारो छ । 
जनकपुरमा पंक्तिकारको नातामा जेठान पर्ने एकजना ईस्लाम धर्मालम्बी मान्ने मान्यवर हुनुहुन्छ । २०६४ सालमा तराईमा मदेशी जनाधिकार फोरम नामको उपद्रबीले भिषण आन्दोलन गरे । हज्जारौ हज्जार  पहाडिया समुदायका ब्यक्तिहरुलाई पुर्खौ पुर्खा दखि बस्दै आएको थातथलो छाड्न बाध्य पारे । 
त्यसरी थातथलो छाड्नेहरुमा धेरै धन भएकाले राजधानी रोजे भने मध्यमवर्गकाले मकवानपुर, चितवन जिल्लामा बसाइ सर्न बाध्य भए ।काम बिशेषले २०६५ सालमा जनकपुर जाने मौका जुर्यो । जनकचोक भन्दा अगाडि सिलाई पसल थापेका ईस्लाम धर्मालम्बी मेरा मान्यवर जेठानसंग भलाकुसारी गरे । के छ दाई यताको हालखबर भनेर सोधे । जनकपुर खत्तम भयो जुवाईसाप भनेर जवाफ दिए । किन र दाई आश्चर्य मान्दै मैले पुन प्रश्न गरे । हामीहरुको ब्यापारमा ९०५ पहाडिया समुदाय लक्षित हुन्छ । जब पहाडियानै छैनन भने हाम्रो ब्यापार कसरि चल्छ ? यताको मदेसियाले खरिददारी गर्ने भनेको छठमा हो । त्यो पनि पहिला जस्तो ब्यापार छैन ।
२०६४ सालकै झल्को दिने गरि पोहोर पुनः मदेश आन्दोलनको नाउँमा मदेशी भन्ने नेताहरुले तराई तताए । पहिलाको आन्दोलनलाई बिर्सेर बसेकाहरु पुनः त्रसित भएर बसाई सर्न थाले । अहिले जो बसेका छन तिनिहरु बरु ज्यान दिन तयार छौ तर जन्मथलो छाड्दैनौ भनेर बसेका हुन । बाध्य भएर कागको हुलमा बकुल्ला मिस्सिएझैँ ‘जय मदेस’ भन्दै बसेका छन । त्यो भन्नु रहर हैन बाध्यता हो ।
पञ्चायती समयमा नेपालको तराई जिल्लाको ठुला ठुला शहरहरुमा ‘भारतीय वाणिज्य दुताबास’ राख्ने अनुमति प्रदान गरेको देखिदैन । २०४६ साल पछी नेपालको तरल राजनीतिको फाईदा उठाउँदै छिमेकी भारतले नेपालको प्रमुख वाणिज्य द्वार बीरगंज तथा बिराटनगरमा वाणिज्य दुताबास खोले । त्यसरी वाणिज्य दुताबास किन र के को लागी खोलियो भन्ने उदाहरण २०६४ तथा २०७२ को मदेस आन्दोलन भन्ने तराईमा भएको हिंसात्मक आन्दोलनले पुष्टि गरिसकेको छ । मधेस आन्दोलानको नाममा जे जति लगानी भयो ति सबैमा भारतीय वाणिज्य दुताबासको प्रत्यक्ष लगानी भएको थियो भनेर पुष्टि समेत भैसकेको अवस्थामा नेपाल जस्तो सानो मुलुकमा यस्ता वाणिज्य दुताबासको कुनै औचित्यनै थिएन । त्यो सबै मधेस आन्दोलनको नाउँमा नेपालमा अशान्ति मच्चाउन छिमेकि भारतद्वारा रचिएको एउटा नाटक मात्र थियो । छिमेकी भारतले नेपाल लगाएत आÇना सबै छिमेकी राष्ट्रहरु संग सुमधुर सम्बन्ध कायम राख्न सकेको देखिदैन । छिमेकमा अस्थिरता उत्पन्न गराएर छिमेकीको सिमा मिच्ने लगायत ठुला ठुला नदि देखि खनिज पदार्थ हडप्ने कार्यमा लागेको देखिन्छ । आÇनै देशको जनता गरिवी, भोकमरी र अशिक्षाले आक्रान्त भएको तथ्य देख्दादेख्दै पनि छिमेकी राष्ट्रहरुमा बिकास परियोजनाको नाममा अर्बौ अर्ब रुपैया राजदुताबास मार्फत पानीसरी बगाउँदै छन् । अब भारतको जनताले यस्तो कार्य किन हुँदैछ भनेर प्रश्न किन गर्दैनन ?
२०४६ साल पछी नेपालमा जे जति आन्दोलन भयो त्यो आन्दोलन हुनुमा हाम्रा व्यापारीहरुको पनि ठुलो देन
छ । राजनीतिक पार्टीहरुलाई लाखौलाख चन्दा दिन पछी पर्दैनन । त्यसरी चन्दा दिनु भनेको आÇनै व्यापार व्यवसायमा लात हान्नु हो भन्ने कुरा समयमै बुझेको भए आज व्यापारीहरुले व्यापार भएन भनेर बिलौना गर्नुपर्दैन थियो ।
हिजो आफैले दिएको चन्दाको भरमा धेरै ब्यक्तिहरुले राजनैतिक पार्टी खोले । पार्टी खोल्न धन लगानी गर्नुपर्छ र धन लगानी गर्ने व्यापारीहरु छदैछन भन्ने मनसाय सबै राजनैतिक पार्टीका नेताहरुले सोचेका छन । जब आÇना ग्राहकहरु पलायन हुन्छन भने ब्यापारीहरुको ब्यापार ब्यबसाय कसरि अगाडि बढ्छ ? यस्ता कुराहरु अब नेपालका ब्यापारीहरुले सोच्नु पर्दछ । त्यस्तो सोच राख्छन भने राजनैतिक पार्टीहरुलाई चन्दा दिने कार्य बन्द गरुन । 
२०७३ कात्तिक २ गते सोमबार प्रकाशित लेख
Powered by Blogger.