आजबाट रोटरी कप अन्तराष्ट्रिय फुटबल
हेटौंडा, १ कात्तिक/आज मङ्गलबारबाट हेटौंडामा ४० बर्ष भन्दा माथि उमेर समूहको अन्तराष्टिूय फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
रोटरी क्लब अफ मकवानपुरको आयोजनामा आजदेखि यही ६ गतेसम्म फुटबल प्रतियोगिता गर्न लागेको हो । अन्तराष्ट्रिय रोटरी कप एट ए साइड फुटबल प्रतियोगिताको तयारी सकिएको प्रतियोगिता संयोजक शरद् कर्माचार्यले जानकारी दिए । उद्घाटन खेल ध्रुवतारा भेट्रान्स चितवन र सानोगौचरण नाइट किङको बीचमा
हुनेछ ।
हुनेछ ।
प्रतियेगितामा भाग लिन बङ्गलादेशको टोली हेटौंडा आइसकेको छ भने काठमाण्डौं र अन्य छिमेकी जिल्लाको टिम समेत हेटौंडा आइसकेको कर्माचार्यले जानकारी दिए । गत बर्षबाट सुरु भएको ४० बर्ष माथिको यस प्रतियोगिता यस बर्षबाट भने अन्तराष्ट्रिय हुन लागेको हो । यो बर्ष बङ्गलादेश र भारतसहित १२ वटा टिमको सहभागिता रहेने आयोजक रोटरी क्लवका अध्यक्ष ज्योतिरत्न बज्राचार्यले जानकारी दिए । हेटौंडाको सिद्धार्थ उच्च माविको खेल मैदानमाम हुने दोस्रो रोटरी कप एट ए साइड फुटबल प्रतियोगितामा बङ्गलादेश र भारतसंगै ध्रुवतारा भेट्रान्स चितवन, सानोगौचरण नाइट किङ, वीरगञ्ज युनाइटेड पर्सा, चःपुर भेट्रान ११ रौतहट, वीरगञ्ज यूथ एकेडेमी पर्सा, बगर भाई खलक पोखरा, मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाण्डौं, महाबीर क्लव हेटौंडा, क्लव मोसिस काठमाण्डौं र आयोजक रोटरी क्लव अफ मकवानपुरको सहभागिता रहने आयोजक रोटरीका सचिव कविन सांगामीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ४० हजार रुपियाँ र उपविजेताले नगद २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

