Header Ads


भोज खाँदा ३० जना बिरामी

हेटौंडा, १ कात्तिक/हेटौंडा–९ लामसुरेमा विवाह भोज खाँदा एकै गाउँका ३० जना बिरामी परेका छन् । 
लामसुरेमा रहेको गीता खतिवडाको घरमा विवाह भोज खाँदा फुड पोइजनका कारण गाउँका ३० जना बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ । गीताको छोराको बिहेभोज खाएपछि टाउको दुख्ने, बान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने जस्ता समस्या भएको स्थानीय बिवश अधिकारीले जानकारी दिए । 
भोज खाँदा बिरामी भएकाहरु ९ जनाको हेटौंडाको थानाभ¥याङमा रहेको चुरेहिल अस्पतालमा, १३ जनाको हेटौंडा अस्पतालमा र अरु ८ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको अधिकारीले बताए ।
Powered by Blogger.