Header Ads


न्यौपानेद्वारा कविता वाचन

हेटौँडा, १ कात्तिक/  ‘हामी कवि र कविता’ को ३९ औं शृङ्खलामा मकवानपुरे कवि अनिता न्यौपानेले आÇनो कविता वाचन गरेकी छिन् ।
लामो समयदेखि साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेले सोमबार सर्वनाम र लूनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरको आयोजनामा भएको ‘हामी कवि र कविता’ कार्यक्रममा कविता वाचन गरेकी हुन् । सर्वनाम थिएटर कालिका स्थानमा भएको कार्यक्रममा न्यौपानेले छोरीः एक विश्वविद्यालय, स्वास्नी, डिभोर्स पेपरमा हस्ताक्षर गर्नु अघि, बाटो भरि प्रेम लगायत एक दर्जन कविता वाचन गरेकी थिईन् । कार्यक्रममा अर्का कवि जीवन खत्रीले पनि कविता वाचन गरेको सर्वनामका राज शाहले जानकारी दिए । सर्वनामले ‘हरेक महिनाको सुरुआत केही राम्रा कविता सुनेर गरौं’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गर्दै आएको शाहले बताए । कवि न्यौपाने आचल साहित्य कला पुञ्जको सचिव र मकवानपुरको अग्रणी साहित्यक संस्था साहित्य संगमको कोषाध्यक्ष रहेकी छिन् । कार्यक्रममा यसअघि मकवानपुरबाट साहित्यकार निमेष निखिल प्रस्तुत भइसकेका छन् ।
Powered by Blogger.