उत्तरी मकवानपुरको होमस्टेमा आकर्षण
हेटौँडा, ४ कात्तिक/उत्तरी मकवानपुरको चित्लाङ गाविसमा अस्थायी आवासमा निर्माण गरिएका होमस्टे आकर्षणको केन्द्र बन्दै गएको छ ।
२०७२ साल बैशाख १२ गतेको भुकम्पले भत्किएपछि आफूहरु नै बस्न समस्यामा परेका होमस्टे व्यवसायीले अस्थायी रुपमा निर्माण गरेको होमस्टे पर्यटकको रोजाईमा पर्न थालेका हो। आÇनो परिवार बस्ने र पाहुनालाई स्वागत गर्ने होमस्टे पनि अस्थायी बनाएको होमस्टे सञ्चालक बुद्धरत्न मानन्धरले बताए । लामो समय शिक्षा सेवाको जागिर छाडेर होमस्टे सञ्चालन गरिरहेका मानन्धरले अहिले एक दिनमा ५० जनासम्मलाई होमस्टे सेवा दिन सक्ने बताए । मानन्धरले सञ्चालन गरेको गुर्रजधारा होमस्टेलाई अस्थायी रुपमा मात्रै सञ्चालन गर्न पनि १४ लाख रुपैयाँ लगानी गरेको जानकारी दिए । ५ वटा कोठा र दुईवटा हल निर्माण गरी पाहुनालाई खानेबस्ने व्यवस्था मिलाइएको छ । सन् २०११ को अन्त्यतिरबाट चित्लाङमा होमस्टेको सुरुवात भएको हो ।
अहिले चित्लाङमा ११ परिवारले होमस्टे सञ्चालन गरिरहेका छन् । राजधानी काठमाडौंदेखि नजिकैरहेको चित्लाङ वातावरणीय अनुकुलता, परम्परागत मौलिक वस्ती, भेडाफार्म, कुलेखानी जलविद्युत आयोजनाले निर्माण गरेको इन्द्रसरोवर ताल, रमणीय भु–वनोटका कारण आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै आएको छ ।

