Header Ads


भुकम्पको अनुदान दशैं खर्चमा

हेटौंडा,४ कात्तिक/आवास निर्माणका लागि भूकम्प अनुदान रकमको पहिलो किस्ता वितरण भएपनि कमैमात्र भूकम्प पीडितले घर निर्माण थालेको पाइएको छ । 
अधिकांश भूकम्प पीडितले पहिलो किस्ता बापत बुझेको ५० हजार रुपैयाँ दशैँ मनाउने, ऋण तिर्ने र अन्य काममा प्रयोग गरेको पाइएको हो । सोचेअनुसार भूकम्प अनुदान रकमबाट आवास पूनर्निर्माण तीव्र गतिमा नभएको जिल्ला विकास समिति मकवानपुरका योजना अनुगमन तथा प्रशासकीय अधिकृत तथा जिल्ला पूनर्निर्माण इकाईंका सदस्य सचिव किसान न्यौपाने बताए । 
तिहारपछि आवास भवन निर्माणले गति लिने उनको बिश्वास छ । गत आर्थिक वर्ष २०७२÷०७३ मा ७४ जनाले पहिलो किस्ताबापत् ५० हजार रुपियाँ लगे पनि अझैसम्म दोस्रो किस्ताका लागि आएका छैनन् । पूनर्निर्माण प्राधिकरणले हालसम्म ३० हजार दुई सय ३८ जनालाई पहिलो चरणको अनुदान किस्ताका लागि योग्य ठहर गरी नामावली प्रकाशन गरेको थियो । 
जसमध्ये हालसम्म १६ हजार नौसय ९३ जनाले पहिलो किस्ता बापतको ५० हजार रुपियाँ लगेका छन् भने १८ हजार सात सय ८२ जनासँग अनुदान सम्झौता भएको छ । हालसम्म २६ हजार नौ सय नौजनाले गुनासो फारम दर्ता गराएको जिविस मकवानपुरले जनाएको छ । 
Powered by Blogger.