Header Ads


प्रथम राष्ट्रिय भेला सम्पन्न

हेटौँडा, ८ कात्तिक/नयाँ शक्ति नेपाल सम्बद्धको नेपाल समाजवादी ईलोक्ट्रोनिक्स अटो सफारी संघ 
मकवानपुरको प्रथम राष्ट्रिय भेला सोमबार सम्पन्न भएको छ । 
संघका अध्यक्ष सुधिर थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल समाजवादी ट्रेड यूनियन महासंघको केन्द्रीय अध्यक्ष लालध्वज नेम्वाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि रहेका नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारी समितिको सदस्य तथा क्षेत्र न. ३ को सहसंयोजक सोनामसिंह स्याङ्तानले आर्थिक समृद्धि बिना राष्ट्रिय स्वाधिनता नहुने बताए । उनले नागरिक बलियो नभएमा आर्थिक स्वाधिनता हुन नसकिने आंैल्याएका थिए । कार्यक्रममा स्वागत मन्त्वय अटो सफारी मोरङ जिल्लाका अध्यक्ष प्रेमपुरीले स्वागत मन्त्व्य व्यक्त गरेका थिए । 
कार्यक्रममा मकवानपुर जिल्ला कार्यकारी परिषदका सदस्य एवम् मजदुर उत्प्रेरक ज्ञानेन्द्र लामिछानेलगायतको आतिथ्यता रहेको थियो ।

अध्यक्षमा पुनः थापा
हेटौंडा, ८ कात्तिक/नेपाल समाजवादी ईलोक्ट्रोनिक्स अटो सफारी संघको प्रथम राष्ट्रिय भेलाले अध्यक्षमा पुनः सुधिर थापा चयन भएका छन् ।
भेलाले सुधिर थापाको अध्यक्षतमा २५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रेम पुरी (मोरङ), उपाध्यक्षमा राकेश धमला (मोरङ), हरि बस्नेत (सर्लाही), महासचिव नारायण ढुंगाना (बारा), उप–महासचिवमा शिव थापा (मकवानपुर), हिमाल थापा (महोत्तरी) चयन भएका छन् भने सचिवमा रुकमेणी सुवेदी (मकवानपुर), शान्तिराज लामा (मकवानपुर), कोषाध्यक्षमा रमेश घिमिरे (मकवानपुर) का चयन भएका छन् । त्यसैगरी संघको सदस्यमा सोमनाथ नेपाल (महोत्तरी), इन्द्रबहादुर श्रेष्ठ (मनहरी), रुकमेणी आचार्य (हेटौँडा), गंगा अधिकारी (हेटौँडां) रामहरी अधिकारी (बारा), बिमला पराजुली (सर्लाही), चिनीमाया थापा (रौतहट), खुश्बु थापा (सुनसरी), उत्तरबहादुर कट्वाल (हेटौँडा), विष्णुहरी वाइवा (हेटौँडा), दलबहादुर योन्जन (सर्लाही), सावित्री लामा (बारा), अशोक तामाङ (चितवन), गमला पण्डित (हेटौँडा) चयन भएका छन् भने संस्थापक सल्लाहकारमा रमेश कार्की चयन भएका छन् । 
Powered by Blogger.