Header Ads


ध्रुबताराले उपाधि चुम्यो

हेटौंडा, ६ कात्तिक/हेटौँडामा जारी ४० वर्षमाथि उमेर समूहको रोटरी कप एट ‘ए’ साइड फुटबल प्रतियोगिताको दोस्रो संस्करण पनि साविकको विजेता ध्रुबतारा फुटबल क्लब चितवनले जितेको छ । 
रोटरी क्लब मकवानपुरको आयोजना  भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा क्लब मोसेस काठमाडौंको चुनौती टाइब्रेकरमा ५–४ गोलअन्तरले पन्छाउँदै चितवनले उपाधिलाई निरन्तरता दिएको हो । निर्धारित समय र थप गरिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल नभएपछि खेलको निर्णयको लागि टाइब्रेकरको सहारा लिइएको थियो ।
चितवनको जीतमा नोर्कू तामाङ, रविन्द्र श्रेष्ठ, चक्रबहादुर पुन, यमबहादुर गुरुङ र राजेन्द्र श्रेष्ठले गोल गरेका 
थिए । मोसेसको तर्फबाट सुविन शाक्य,  राजेश लामा, दीपक लामा र उमेश थापाले गोल गरेका थिए । मोसेसका आशिष सुब्बाको प्रहार चितवनका गोलरक्षक जगन गुरुङले रोकेका थिए । प्रतियोगिताको विजेता चितवनले नगद ४० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । 
उपविजेता काठमाडौंले नगद २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको विजेता तथा उपविजेतालाई मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसी, रोटरी अध्यक्ष ज्योतिरत्न बज्राचार्य तथा संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति एवम् प्रायोजक हेटौंडा स्कुल अफ म्यानेजेमन्टका प्रिन्सिपल 
पुरणबहादुर जोशीले पुरस्कार वितरण गरेका थिए । फाइनल खेलको म्यान अफ दी म्याच चितवनका गोलरक्षक जगन गुरुङ घोषित भए । आयोजक रोटरी क्लबका सञ्जय थापा सर्वाधिक गोलकर्ता घोषित भए । उनले चार गोल गरेका थिए । 
चितवनका कप्तान राजेन्द्र श्रेष्ठ सर्बोत्कृष्ट खेलाडी घोषित भए । उनले दुवई भ्रमणको टिकटसमेत प्राप्त गरेका थिए । नकाउट आधारमा सुरु भएको प्रतियोगिता गतवर्षबाट सुरु भएको हो । कात्तिक २ गतेबाट सुरु भएको प्रतियोगितामा बंगलादेशसहित ११ टोलीको सहभागिता रहेको थियो । 
Powered by Blogger.