महत अभियानको वरिष्ठ सल्लाहकारमा
हेटौंडा, ७ कात्तिक/राष्ट्रिय जागरण अभियान मकवानपुरको शनिबार बसेको बैठकले नेकपा माले मकवानपुरका जिल्ला सचिव तथा केन्द्रीय सदस्य भिमसेन महतलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको छ ।
जागरण अभियान मकवानपुरको अध्यक्ष कृष्णराज कोइरालाको अध्यक्षतामा भएको बैठकले महतलाइ बरिष्ठ सल्लाहकारमा नियुक्त गरेको हो । बैठकमा बोल्दै कोइरालाले राष्ट्रिय जागरण अभियान कुनै राजनैतिक दल, पार्टी नभई राष्ट्रलाइ माया गर्ने सच्चा राष्ट्रभक्तहरुको साझा थलो भएको र राष्ट्रलाई माया गर्ने जुजारु राष्ट्रभक्त व्यक्तिका लागि अभियान गठन भएको बताए । जागरण अभियानको जिल्ला उपाध्यक्षमा चन्द्रकिरण श्रेष्ठ, सचिव बालकृष्ण दाहाल, कोषाध्यक्षमा ध्रुब देवकोटा तथा सहसचिवमा दिवाकर मैनाली रहेका छन् । अभियानको सदस्यहरुमा अच्युत चालिसे, लक्ष्मी सापकोटा, अञ्जन दाहाल, अरुणकुमार जोशी, राजेश मानन्धर तथा रामकृष्ण ढकाल रहेका छन् ।

