युवा संघको वृक्षारोपण
हेटौंडा, १२ कात्तिक/युवा संघ नेपाल हेटौंडा १० नम्बर वडा कमिटीको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान एवम् वृक्षारोपण कार्यक्रम भएको छ ।
हेटौंडा–९ कर्रामा रहेको नामग्याल कुछे जिन्लव छ्योर्तेन गुम्बामा भएको कार्यक्रममा गुम्बा परिसर सरसफाई गर्नुको साथै वृक्षारोपण गरिएको हो । कार्यक्रम संयोजक दीपकसिंह पाख्रिनको अध्यक्षता एवम् नेकपा एमाले मकवानपुरका निवर्तमान संयोजक रामचन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा, एमाले जिल्ला सदस्य सुनिल मोक्तान, युवा संघ जिल्ला अध्यक्ष सन्तोष चौलागाईं, युवा संघ जिल्ला सदस्य सानु लामा, नगर सहसचिव युवराज लामा, विजय लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा खेलकुद महासंघ नगर अध्यक्ष टीकाराम लामासहित एमालेका नेताहरु एवम् स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो । कार्यक्रमका सहभागीले नजिकिँदै गरेको दीपावली, छठलगायत पर्वको शुभकामना आदानप्रदान गरेका थिए भने नामग्याल कुछे जिन्लव छ्योर्तेन गुम्बामा सरसफाई र परिसरमा वृक्षारोपण गरेका थिए । कार्यक्रममा १४ जना युवाहरु युवा संघमा प्रवेश गरेका थिए । यसैबीच कार्यक्रममा बिजय लामाको अध्यक्षतामा १३ सदस्यीय युवा संघ कर्रा टोल कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सञ्जय लामा, सचिव कमला बलामी दोङ, कोषाध्यक्षमा अमिर मोक्तान तथा सदस्यहरुमा सञ्जय महर्जन, पेमा दोङ, युनिक सिंह थिङ, जितेन्द्र लामा, पाल्देन दोङलगायत रेहेका
छन् ।
छन् ।

