माओवादी केन्द्रको चियापान
हेटौंडा, १२ कात्तिक/नेकपा माओवादी केन्द्र हा“डीखोलाको आयोजनामा दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुक्रबार हा“डीखोला–८ मा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना भएको छ ।
गाविस ईन्चार्ज बीरबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ल्ला ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । हा“डीखोला–८ मा रहेको भोजसिद्ध माध्यमिक विद्यालयमा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’, ४ नम्बर क्षेत्रीय ईन्चार्ज ओम घलान ‘प्रदिप’, प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, वुद्धिजीवी संगठनका केन्द्रीय सल्लाहाकार सम्राट तुम्बाहाफेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेताहरुले हा“डीखोलको विकासमा प्रतिवद्वता जनाएको कार्यक्रम सञ्चालक दिपेन्द्र अधिकारीले जानकारी दिए ।

