Header Ads


आयोजक सूर्योदय फाइनलमा

हेटौंडा, १२ कात्तिक/सूर्योदय यूवा क्लव मनहरी रमौलीको आयोजनामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजना सञ्चालन भइरहेको खुला नकाउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजकको समूह ‘बी’ प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा नम्बर १ जगदल गण सुनाचुरीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आयोजकले फाइनलमा स्थान बनाउन सफल भएको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि आयोजकले टाइब्रेकरमार्फत जित निकालेको हो । आयोजकको तर्फबाट कविराज सुवेदी, किरण राउत, जनम जोशी र प्रज्वल थापा मगरले गोल गरेका थिए भने जगदल गणको तर्फबाट राजेश पौडेल, राजकुमार बराइली र अनिल लामाले गोल गरेका हुन् । यस्तै शुक्रबारै भएको खेलबाट हाँडीखोलाको सनसाइन युवा क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । डिपाड युवा क्लब मनहरीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै सनसाइन सेमिफाइनल पुग्न सफल भएको हो । 
निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि निर्णयको लागि टाइब्रेकरको साहारा लिइएको थियो । सनसाइनका तर्फबाट सुरेन्द्र राई, ज्ञानबहादुर राई, सुमन राई र गणेश राईले गोल गरेका हुन् भने डिपाटको तर्फबाट मनिक लामा, अमृत गुरुङ र अनुरोध खरेलले मात्र गोल गरेका थिए । जारी प्रतियोगितामा आज शनिबार सनसाइन युवा क्लव र लामा स्पोर्टस् क्लव भण्डाराको बीचमा फाइनल प्रवेशको निम्ति भिडन्त हुनेछ । १४ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ः नगद नगद ३० हजार ३ सय ३३ र १५ हजार ५ सय ५५ रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त आयोजक क्लवका सचिव गोकुल घिमिरेले जानकारी दिए । 
Powered by Blogger.