मगर साँस्कृतिक संघको कन्सर्ट
हेटौंडा, १२ कात्तिक/हिन्दूहरुको दोस्रो ठूलो चाड शुभ दीपावलीलाई लक्षित गरी मगर साँस्कतिक संघ मकवानपुरले ‘ग्रान्ड फेस्टिबल कन्सर्ट’ शुक्रबार हेटौँडामा आयोजना गरेको छ ।
कन्सर्टमा चर्चित पोखरेली युवा गायक ब्याटलम्यान लाहुरेले हेटौंडाका युवा युवतीहरुलाई नचाएका थिए । उनले हाउडे, पैसालगायत गीत गाउँदै स्टेज नै गुञ्जायमान भएको थियो । उनले कार्यक्रममा आधा दर्जन गीत प्रस्तुत गरेका थिए । त्यसैगरी ग्रान्ड फेस्टिबल कन्सर्टमा लोकदोहोरी गायिका अमृता लुङ्गेली, रञ्जिता थापा, सूर्यपूर्व छानेको साथमा मगर समुदायमा प्रचलित कौरा, गाटु नृत्यु, तामाङ, राई, नेवार, थारुको नृत्य, मयुर डान्स, याक डान्सलगायतको बेजोड प्रस्तुति रहेको थियो । प्रवेश शुल्क तीनसय रुपियाँ रहेको कन्सर्टमा मगर विद्यार्थी संघ मकवानपुरको सहआयोजक रहेको थियो ।