Header Ads


जग्गा हकभोग गर्न पाउनुपर्ने न्यौपानेको माग

हेटौंडा, ९ कात्तिक/मुश्लिम समुदायले आफ्नो भनि दाबी गर्दै आएको जग्गाका धनी विष्णु न्यौपानेका श्रीमान् दीपक न्यौपानेले आफुहरुले जग्गा हकभोग गर्न पाउनुपर्ने माग राखेका छन्। 
मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नाममा लालपूर्जा रहेको जग्गा प्रयोग गर्न केही व्यक्तिहरुले अवरोध गरेको गुनासो गरेँ । 
आफुले जग्गा खरिद गरेपछि त्यहाँ भवन निर्माण नगर्दा आग्रह गर्दा अटेर गरेपछि अदालतको आदेश आउँदा समेत अटेर गरेर भवन निर्माण गरिएकाले आईतबार बिहान जोडर लगाएर आफूले त्यहाँ बनेको भवन भत्काइदिएको न्यौपानेले स्वीकार गरेँ । आफुले गलत नगरेको दाबी गर्दै उनले बीरगंजका जिमदार राउत कुर्मीसँग ३१ धुर जग्गा ५१ लाख रुपैयाँमा २०७२ साल भदौ पाँच गते खरिद गरेको जानकारी दिए । अनाथ बालबालिका पढाउन बनाइएको मदरसा भवन भत्काएको भन्दै मुश्लिम समुदायले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भवन भत्काउनेलाई कारबाहीको माग गर्दै उजुरी दिएका छन् । माओवादी सशस्त्र द्वन्दका कारण २०६२ सालमा जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता नभएपछि मदरसा दारुल कुरानले पाँच कठ्ठा पाँच धुर जग्गा खरिद गरी स्थानीय हनीफ आलमको नाममा पास गराएका थिए । 
तर आलम उक्त जग्गा बिक्री गरी फरार भएका छन् । बिभिन्न व्यक्ति हुँदै पछिल्लो पटक उक्त जग्गामध्येकोे ९२६ नं कित्ताको एक कठ्ठा ११ धुर हेटौँडाका विष्णु न्यौपाने र ९२७ नम्बर कित्ताको तीन कठ्ठा १४ धुर जग्गा पावर्ती शर्माले खरिद गरेको जिल्ला मालपोत कार्यालयको तथ्याङ्क छ ।
Powered by Blogger.