Header Ads


उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग

हेटौंडा, १२ कात्तिक/हेटौँडा–५ सानोपोखरास्थित नापी कार्यालयमा बुधबार भएको आगलागीका क्रममा घाइतेहरुको उपचार खर्च व्यहोर्न नेपाली काँग्रेस मकवानपुरले सरकारसँग माग गरेको छ । 
काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेद्वारा शुक्रबार जारी विज्ञप्तिमा घाइतेहरुको उपचारमा आर्थिक अभाव भएको गुनासो आएको भन्दै उपचार खर्च व्यहोर्न सरकारको ध्यानाकर्षण गराएको
हो ।  विज्ञप्तिमा घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचार गराइरहेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भिरतापूर्वक ध्यान दिन सरकारसँग माग गरिएको छ । भागदौडका क्रममा कर्मचारी, सेवाग्राही र सर्वसाधारण गरी ४३ जना घाइते भएको जानकारी प्राप्त हुन आएकोले उनीहरु आर्थिक अभावका कारण उपचारबाट बन्चित नहुन् भन्नेतर्फ ध्यान दिन स्थानीय प्रशासनसँग समेत माग गरेको काँग्रेस मकवानपुरद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Powered by Blogger.