Header Ads


विश्वज्योति स्कूलमा हेटौंडा जेसीजको सहयोग

हेटौंडा, १० कात्तिक/हेटौंडा जेसीजले मकवानपुरको विकट क्षेत्रमा रहेको एक विद्यालयलाई आवश्यक विभिन्न सामग्री सहयोग गरेको छ । 
हेटौंडा–१७ चिप्लेटीमा रहेको विश्वज्योति आधारभूत विद्यालयलाई जेसीज सप्ताह अन्तर्गत बुधबार एक कार्यक्रमका बीच दराज, ¥याक, टेबुलसहित २ सय २५ जना बिद्यार्थीको लागि कपी, कलम, खेलकुद सामग्रीलगायत अन्य सामग्री सहयोग गरेको हो । मकवानपुरकै विद्यालय भएर पनि बारा जिल्ला हुँदै जानुपर्ने अवस्था रहेको उक्त विद्यालयमा आवश्यक सहयोग गरिएको कार्यक्रम संयोजक बसन्त कप्रौलाले जानकारी दिए । कार्यक्रममा जेसीजका उपाध्यक्ष दिपेश जोशीले एक बर्षको तलव बराबरको रकम दिने उद्घोष गरेका 
छन् । 
कार्यक्रम संयोजक बसन्त कप्रौलाको संयोजकत्व एवम् जेसीज बर्ष सन् २०१६ का अध्यक्ष धर्मराज बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय निरीक्षक देवनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऋतुराज गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर घलान, हेटौंडा जेसीजका पूर्व अध्यक्ष कविन साङ्गामी, निवर्तमान अध्यक्ष दीपकराज मिश्रलगायतले जेसीजले गर्दै आएको कार्यको प्रशंसा गर्दै गाउँ गाउँमा जेसीज पुग्नु आवश्यक रहेकोमा जोड दिएका थिए । जेसीज सप्ताह मूल कार्यक्रम संयोजक विज्ञान रिमालले स्वागत गरेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो । जेसीज सप्ताहअन्तर्गत आज बिहीबार बिहान हेटौंडा अस्पताल परिसर सरसफाई र दिउँसो पदपोखरीमा लागूपदार्थ सम्बन्धी अन्तरक्रिया रहेको सहमूल कार्यक्रम संयोजक पवनकुमार कंशाकारले जानकारी दिए ।
Powered by Blogger.