पाँचौँ साधारणसभा सम्पन्न
हेटौंडा, १० कात्तिक/हेटौंडा–११ स्थित सिमलटार टोल विकास संस्थाको पाचौँ वार्षिक साधारणसभा तथा वार्षिक भेला बुधबार सम्पन्न भएको छ ।
संस्था अध्यक्ष देव कृष्ण श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यालयका हिमशर्मा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । बुधबार भएको भेलाले मधुकुमार थापार्को अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा जानुका बानियाँ, सचिवमा देबि ब्लोन, कोषाध्यक्षमा बिष्णु आचार्य र सदस्यहरुमा बावु लामा, रमेश लामा, पार्वती खुलाल, कालुराम दर्लामी, अष्टमाया श्रेष्ठ, संगिता थापालाई सर्वसम्मत चयन गरेको छ । कार्यक्रममा ११ नम्वरटोल समन्वय समितीका अध्यक्ष देव कुमार श्रेष्ठ, वडा नागरिक मञ्च फुलमान श्रेष्ठ ,विपन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुधमाया थापा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

