Header Ads


मकवानपुरको ५ जनामा डेंगु फेला

हेटौंडा, ११ कात्तिक/मकवानपुरका ५ जना बिरामीमा डेंगु रोग फेला परेको छ । हेटौंडा अस्पतालमा उपचार गराउनका आएका हेटौंडा नगरपालिका भित्रका ४ जना र छतिवन गाविसका १ डेंगु रोग लागेको फेला परेको हेटौंडा अस्पतालले जनाएको छ । 
हेटौंडा अस्पतालको ओपिडी कक्षमा बिरामीको परीक्षण गर्ने क्रममा ५ जनामा डेंगु रोग भएको फेला परेको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए । ‘१ जना छतिवनका र बाँकी ४ जना नै हेटौंडा नगरभित्रका बिरामीमा डेंगु भएको पत्ता लागेको छ’, उनले भने, ‘बिरामीहरुलाई उपचार सेवा सुरु गरेका छौं ।’ उनका अनुसार छतिवन गाविस–७ बस्ने १७ वर्षीय विक्रम घलान, हेटौंडा–७ का ३७ वर्षीय अर्जुन श्रेष्ठ, ९ नम्बर वडाका २४ वर्षीय रोशन बर्तौला हेटौंडा–४ बस्ने ६० वर्षीय प्रेम सापकोटा र उनको श्रीमती यशोदा सापकोटामा डेंगु रोगको संक्रमण देखिएको हो । लामखुट्टेको माध्यमबाट यो रोग सर्ने जानकारी दिंदै मेसु शर्माले आफ्ना घर वरपर रहेका खाल्डाखुल्डी पुर्नको लागि सबैमा अनुरोध गरे । ‘ढाड दुखिरहने, लगातार ज्वरो आइरहने र बान्ता भइरहेमा चिकित्सकलाई सम्पर्क गरी सल्लाह अनुरुपको विधि अपनाउनुपर्छ’, उनले भने,‘सावधानी अपनाएमा यो रोगबाट बच्न सकिन्छ ।
Powered by Blogger.