Header Ads


उद्योग वाणिज्य संघको शुभकामना आदान प्रदान

हेटौंडा, ११कात्तिक/मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार नेपालीहरुको दोश्रो ठूलो चाड तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । 
विगतमा जस्तै दशै र तिहारको बीच समयमा शुभकामना आदान प्रदान गर्दै आएको परम्परालाई निरन्तरता दिने क्रममा संघले कार्यक्रम गरेको संघका अध्यक्ष राजकुमार न्यौपानेले बताए । विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, 
सञ्चारकर्मी, उद्योगी व्यवसायी, संघका पदाधिकारी तथा सदस्यहरु, कर्मचारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
Powered by Blogger.