Header Ads


हिंसाको अन्त्य गरौँ

विश्वमा आधा आकास ढाकेका महिलाहरु लैंगिक विभेद र हिंसामा पर्दै आएको स्थिति अन्त्य गर्न नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्दै आएको छ । यसक्रममा यो दुईहप्ते चेतना र जागरण जगाउने उद्देश्यसहितको कार्यक्रम  मकवानपुरमा पनि ¥याली, जुलुस र सभाहरुको आयोजना गरी प्रारम्भ भयो । विश्वभरि नै भिन्न प्रकृतिका महिला हिंसा हुने गरेको तथ्यलाई दृष्टिगत गर्दै समानताको आवाज मुखरित गर्न यस्तो कार्यक्रमले ठूलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ । विशेषज्ञहरुका अनुसार महिलाहरुले आफूमाथि हुने गरेका महिला हिंसासम्बन्धी घटनाहरु लोकलाजका कारण लुकाउने गरेकाले हिंसा न्यूनीकरणमा अपेक्षित सुधार हुन नसकेको हो । दक्षिण एसियाली मुलुकहरुमा यो समस्या झन् गम्भीर र जटिल बनेको अनुभव सरोकारवाला निकायहरुले गरिरहेका छन् । एक रथका दुई पांग्रा भनेर समाजमा परिभाषित गर्ने गरिएको दाम्पत्य जीवन अचेल नेपाली समाजमा चाँडै अन्त्य हुनुमा महिला हिंसा पनि एक कारण हो ।
महिला भएकै कारणबाट समाजमा समाजभित्रैबाट गरिने भिन्न खालका दुव्र्यवहारलाई महिला हिंसा भनी परिभाषित गरिएको छ । यौनजन्य कुनै घटना वा महिलाको आत्मसम्मानमा चोट पु¥याउने काम पनि हिंसा नै हो । महिला हिंसाविरूद्ध राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धताहरु व्यक्त गरिएको भएता पनि तिनको व्यावहारिक कार्यान्वयन भने समाजमा हुन नसकेको पाइन्छ । अर्को शब्दमा भन्नुपर्दा महिला हिंसाको समाजबाट समूल नष्ट गर्न चाहेका परिवर्तनका संवाहकहरुको आकांक्षा र इच्छाहरु सन्तोषजनक रुपमा देख्न पाइएको छैन । विगतको तुलनामा यस क्षेत्रमा धेरै काम र परिवर्तनहरु भएता पनि गर्न अझै धेरै बाँकी रहेको अनुभव गरिएको छ । राष्ट्रिय महिला आयोगका कार्यक्रमहरु पूर्णतया व्यवहारमा कार्यान्वयन हुन नसकेको तथ्य सर्वविदितै छ ।
राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्ता महत्वपूर्ण पदमा हाल महिलाहरु नै नियुक्त भएर सक्रियतापूर्वक आ–आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् । यी व्यक्तित्वले कठिन त्याग र संघर्षपछि मात्र यो अवसर प्राप्त गरेका हुन् । सबैलाई यो अवसर प्राप्त भएको छैन । अशिक्षा र गरिबी हाम्रा प्रमुख दुश्मन भएकै कारण महिलाहरुको व्यक्तित्व विकास र सामाजिक विकासमा उल्लेखनीय पक्षहरुमा सुधार गर्न सकिएमा महिला हिंसाविरूद्धको अभियान पूर्ण रुपमा सफल हुने अनुमान गर्न सकिन्छ । यो १६ दिने महिला हिंसाविरूद्धको अभियानलाई सफल पार्न समानताको अवधारणाले मात्र पुग्दैन, त्यसको लागि त हरेक सरोकारवाला निकायहरु र आमनागरिकमा समेत यो हिंसा अन्त्य गर्ने सामूहिक प्रतिबद्धता आवश्यकता पर्दछ भन्ने कुरामा दुईमत नरहला । 
Powered by Blogger.