Header Ads


ढाँटको खेति खाई पत्याउनु

‘नेपाली काँग्रेसले राणा फाल्यो, एमालेले पञ्चायत फाल्यो, माओवादीले राजा फाल्यो अव नयाँ शक्तिले मुलुकबाट गरिबी फाल्दै समृद्ध नेपाल निर्माण गर्नेछ । 
नयाँ सोच र नयाँ विचारको साथ उदाएको नयाँ शक्तिले मुलुकलाई विकास र समृद्धितर्फ लैजान्छ ।’  मुलुकमा पाँच वर्षभित्र गरिबी निवारण गर्ने, १० वर्षभित्र छिमेकी चीन र भारत जत्तिकै शक्तिशाली बन्ने र २५ वर्षभित्र मुलुकलाई विश्वकै शक्तिशाली मुलुकबीच खडा गर्ने सोचका साथ नयाँ शक्ति लागेको छ भनेर मोरङको हसन्दहमा नयाँ शक्ति, नेपाल गाउँ समितिले सञ्चालनमा ल्याएको एक दूध डेरीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक बाबुराम भट्टराईले भनेछन ।
२००७ सालमा राजा स्व.त्रिभुवनले आÇनो ज्यानको बाजी थाप्दै गद्धी त्यागेर भारत निर्वासन गएका थिए । स्व.राजा त्रिभुवनको कदमलाई साथ् दिंदै नेपाली कांग्रेसले क्रान्ति गरेपश्चात मात्र  नेपालमा प्रजातन्त्र स्थापना भएको हो भने नेपालमा कांग्रेस एक्लैले प्रजातन्त्र ल्याएको भनेर बाबुराम भटराईले भन्न मिल्छ ?
२०४५ सालमा नेपाली कांग्रेस वरिष्ठ नेता स्व.गणेश मान शिंह श्रेष्ठको अगुवामा विभिन्न खेमाका कम्युनिष्ट पार्टीहरुको घटक (जसलाई बाममोर्चाको नाउँ दिइएको थियो) मिलेर पंचायत शासन बिरुद्द आन्दोलन छेडिएको 
थियो । उक्त आन्दोलनमा भारतका समाजबादी नेता चन्द्र सेखर देखि भारतीय कम्युनिस्ट पार्टीका नेताहरु आएर पञ्चाती ब्यवस्था तथा राजालाई गाली गर्दै स्व.गणेशमानको नीजि निवास राजधानीको चाक्सीबारी काठमान्डौमा भाषण समेत ठोक्न लगाईएको थियो भने त्यतिले पनि नपुगेर महिनौ महिना सम्म नाकाबन्दी गराएर दोस्रो पटक प्रजातन्त्रको स्थापना गराएको थियो भने उक्त समयमा नामै नसुनेको एमाले नामको कम्युनिष्ट पार्टी एक्लैले कसरी पञ्चायत फाले ? प्रजातन्त्र स्थापना भएको ५ बर्ष नपुग्दै बाबुराम भटराई तथा प्रचण्डहरुको गुटलाई ‘जनयुद्ध’ को लेपन लगाउदै नेपालमा पश्चिमाको ईसारा तथा भारतको योजनामा सशस्त्र हत्या र हिंसाको खेति गराएको भनेर विभिन्न समाचार माध्यमहरुले पुष्टि गरीसकेको अवस्थामा नेपालमा राजा र नेपाललाई नेपाल भनेर चिनाउने ‘राजतन्त्र’ नामको एतिहासिक संस्था फाल्ने माओवादी पार्टी हो भनेर १२ बर्ष सम्म नेपाली जनताहरुको हत्या, अंगभंग देखि सरकारी तथा निजी धनमाल ध्वस्त र छिन्नभिन्न बनाउने मध्येको एक बाबुराम भट्टराईले भन्न मिल्छ ?
नेपालको हरेक क्रान्ति तथा आन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा छिमेकी भारतले सघाएको छ । भारतको आदेस बिना नेपालको पार्टीका नेताहरुले माखो मार्न सक्दैनन भने एज्म् अर्थात बिद्याबारिधि गरेर नामको अगाडि डा. झुन्ड्याउने बाबुराम भट्टराईले मनचिन्ते हावादारी गफ दिदाँ पत्याएर ताली पड्काउने तपाई हामी नेपाली जनताहरु बेवकुफ कि भाषण ठोक्ने नेता बाबुराम ?
बाबुराम भट्टराई देश र जनताको लागी खाँट्टी नेता थिए भने आफैले हुर्काएर मलजल गरेको पार्टी नेपाल कम्युनिस्ट एकिकृत माओवादीलाई त्यागेर किन हिंडे ? प्रचण्डले आजीवन अध्यक्ष पदमा बस्ने भए, म उक्त पदमा पुग्न सक्दिन भन्ने सोच राखेर पार्टी छाडेर हुन कि हैनन ? युद्धको मैदानमा पिठ फर्काएर हिड्नेलाई कायर भनिन्छ ।  आÇनै पार्टीमा टिक्न नसकेर आÇना आसेपासेको साथ् लिएर छुट्टै पार्टी ‘नयाँ शक्ति नेपाल’ गठन गरेर हिँड्ने बाबुराम जस्ता कायर नेताले अझै पनि नेपालको जनतालाई ‘हाम्रो देश नेपाललाई चिन र भारत जस्ता शक्तिशाली देशको पंक्तिमा उभ्याउछु’ भनेर नेपाली जनताहरुको माझमा गएर भाषण ठोक्नु भनेको ‘ढाँटको खेति खाई पत्याउनु’ जस्तै हो ।
नेपालका जनताहरु अब पहिलाका जस्ता लाटा र अबुझ छैनन र जे भने पनि मान्छन भनेर बाबुराम जस्ता नेताहरुले अब पनि सोच्नु भनेको त्यो दिवास्वप्न बाहेक अरु केहि पनि हैन भन्ने हेक्का पनि रहोस ।
(२०७३ मंसिर १३ गते सोमबार प्रकाशित )
Powered by Blogger.