सदस्यहरुको सामुहिक दुर्घटना बिमाः नेपाल पत्रकार महासंघको मकवानपुर शाखामा आबद्ध ८८ जना साधरण सदस्यहरुको सामुहिक दुर्घटना बिमा गरिएको छ । महासंघ मकवानपुर शाखाको कार्य समिति बैठकको निर्णय अनुसार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. हेटौँडा शाखासंग आईतबार जनही एकलाख रुपियाँको कुल ८८ लाख रुपियाँ बिमा रकम रहने गरी बिमा सम्झौता गरिएको हो ।
अन्य थप हुने सदस्यहरुको पनि बिमा गरिनेछ । झण्झटिलो प्रक्रियाका कारण सरकारले गर्ने बिमामा धेरै सदस्यहरु छुटेकाले महासंघले सदस्यहरुको तत्काल हुने क्षतिबाट राहत पाउन निःशुल्क बिमा गरेको हो । महासंघ मकवानपुर शाखाका उपाध्यक्ष गिरिजा अधिकारी र कम्पनीका शाखा प्रमुख अर्जुन सुवेदीले बीमाका कागजपत्रहरु आदानप्रदान गरेका थिए ।