स्टलशेन आर्ट जारी
हेटौंडा, १२ मंसिर/हेटौंडा–२५ हर्नामाडीको बेलघारीमा सोमबारदेखि सुरु भएको स्टलेशन आर्ट अर्थात रोपाई कार्यक्रम आइतबार पनि जारी रहेको छ ।
जापानीज कलाकार सेत्सु सुजुकीको ताउऐ परियोजना अन्र्तगत हर्नामाडी कला प्रष्ठिानको संयोजन रहेको उक्त आर्ट आज सोमबारसम्म चल्नेछ ।
२ विगाहा तयारी खेतमा कलाकार सुजुकीले १३ सय वटा रातो रंग लगाईएका काठको फलेकमा विभिन्न आकृतीका मुकुण्डो लगाई उक्त फलेकलाई खेतमा गाडेर विभिन्न आकृति दिएर प्रस्तुत गरिरहेको प्रष्ठिानका अध्यक्ष हर्क रम्तेलले बताए । कृषि क्षेत्रको विकास तथा विषादीरहित कृषि उत्पादनमा जोड दिने उद्देश्यले सुजुकीले उक्त आर्ट मार्फत सन्देश दिन खोजेको प्रतिष्ठानका संरक्षक लक्ष्मण भुजेलको भनाई छ ।

