Header Ads


कमानेमा डीप ट्यूववेल निर्माण सुरु

हेटौंडा, १० मंसिर/हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सेवा विस्तार कार्य योजना अनुरुप हेटौंडा वडा–७ कमाने स्थित स्मृति टोलमा डीप ट्यूववेल निर्माण कार्य सुरु गरिएको छ । 
हेटौंडा उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा डीप ट्यूववेल निर्माण कार्य सुरु गरिएको हो । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप
बिष्टले पूजाआजा गरी निर्माण कार्यको शुभारम्भ गरेका हुन् । 
कार्यक्रममा बोर्डका पदाधिकारी, कर्मचारीहरु एवम् हेटौंडा–७ र ८ नम्बर वडाका राजतीतिक दल, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी एवम् उपभोक्ताहरुको उपस्थिति थियो । ट्यूववेल निर्माण कार्य सम्पन्न गर्ने ठेक्का महालक्ष्मी एण्ड कम्पनी प्रालि हेटौंडाले १९ लाख ७८ हजार ४ सय ८८ रुपियाँमा पाएको छ । 
डीप ट्यूववेल निर्माण सम्पन्न भएपछि दैनिक ६ लाख लिटर पानी थप हुने र उत्पादित पानी हेटौंडाको ७, ८ र १७ का फाएरलाइन सडक, किरणचोक, स्मृति टोल, घिमिरे टोल, क्लोनी मार्गलागायतको स्थानमा वितरण गरिने बताइएको छ
Powered by Blogger.