शिव परियारलाई अबेर सम्म दर्शकको साथ
हेटौंडा, १० मंसिर/नयाँ अनि पवित्र उद्देश्यका साथ मेला महोत्सवको आयोजना गरे सर्वसाधारणको साथ र सहयोग पाइन्छ भन्ने गतिलो उदाहरण बनेको छ हेटांडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार
महोत्सव ।
महोत्सव ।
२०७२ बैशाखको भूकम्पमा निधन भएको खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा गठित खेलकुद प्रतिष्ठानले गत बर्षबाट सुरु गरेको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरेको महोत्सवमा राष्ट्रिय चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको छ । उनीहरुले महोत्सवमा उपस्थित अवलोकनकर्ताहरुलाई आफ्नो प्रश्तुती मार्फत भरपुर मनोरञ्जन दिइरहेका छन् । शुक्रबार महोत्सवमा राष्ट्रिय कलाकार शिव परियार, कमल के खत्री, हाँस्य कलाकार महादेव त्रिपाठीलगायतका कलाकार स्टेजमा उत्रिएका थिए । शुक्रबार भएको पूर्व खेलाडी, उदयीमान खेलाडी एवम् खेल क्षेत्रमा योगदान पु¥याएका व्यक्ति तथा संस्था सम्मान एवम् बडी बिल्डिङ शो का कारण शिव परियारले स्टेज नै ढिला पाए ।
परियारको प्रश्तुती हेर्न लालायित भएका दर्शकहरु डेग चलेनन् । ६ बजे मात्र स्टेज पाएका उनको प्रश्तुतीमा दर्शकहरुले कम्मर मर्काइ मर्काइ साथ दिएका थिए । ‘कुवाको पानी खानु पातैले...बोलको गीतबाट आफ्नो प्रश्तुती सुरु गरेका उनले, फेसबुकले.....लगायतका आधा दर्जन गीत गाए । उनलाई पर्खेर बसेका दर्शकहरुले अन्तिमसम्मै उनीसंगै गाएर अनि नाचेर साथ दिएका थिए । महोत्सवमा हेटौंडा घर भएका गायक कमल के क्षेत्रीले नाचन.., आइ लभ यू..., तिम्रै मायाले लगायतका गीत गाउँदा दर्शकहरुले उत्तिकै माया देखाइरहेका थिए । महादेव त्रिपाठीले समाजमा रहेका विभिन्न विकृति माथि चोटिलो प्रहार गर्दै अवलोकनकर्तालाई हँसाए ।
जारी महोत्सवमा आज शनिबार ग्लूमी गाइज ब्याण्ड, चर्चित गायक प्रमोद खरेल, गायक उदय श्रेष्ठ र हाँस्य कलाकार जय भोलेको प्रश्तुती रहने महोत्सव प्रचारप्रसार समिति संयोजक गणेशदर्पण
अधिकारीले जानकारी दिए ।

