मकवानपुरमा ८ गाउँपालिकाको प्रस्ताव
हेटौंडा, २२ कात्तिक/स्थानीय तह पुनर्संरचनाको क्रममा मकवानपुरमा दशवटा स्थानीय निकाय हुने प्रस्ताव भएको छ ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति तथा सर्वदलीय बैठकको निर्णय अनुसार पुनर्संरचना आयोगमा १० वटा स्थानीय निकाय रहने गरी प्रस्ताव पठाइएको छ । एक उपमहानगरपालिका, एक नगरपालिका र ८ वटा गाउँपालिकाको लागि राजनीतिक दलस“ग सहमति गरी सिफारिस गर्ने निर्णय गरेको
हो । यसअघि प्राविधिक समितिले ७ गाउँपालिका सहित ९ वटा स्थानीय निकायको प्रस्ताव गरेको थियो । सरकारले पुनर्संरचनाको लागि पुन संख्या थप्नुपर्ने निर्णय गरेपछि मकवानपुरमा पनि एक गाउँपालिका थप भएको बताइएको छ । थप भएको गाउँपालिका मकवानपुर गढी हो । सहमति अनुसार बाग्मती गाउँपालिकामा राईगाउँ, बेतिनी तथा फापरबारी गाविस छन् भने फापरबारीको झुरझुरेलाई प्रस्ताव गरिएको छ । बकैया गाउँपालिकामा छतिवन, धियाँल, शिखरपुर, ठिंगन तथा मन्थली गाविस रहको छ भने केन्द्र छतिवनको हात्तिसुँढे प्रस्ताव गरिएको छ । यस्तै भीमफेदी गाउँपालिकामा भैंसे, भीमफेदी, कोगटे, इपा तथा निवुवाटार रहेको छ भने केन्द्र भीमफेदीलाई तोकिएको छ । मकवानपुर गढी गाउँपालिकामा गढी, आमभञ्याङ, सुकौरा तथा बुढीचौर छन् केन्द्र मकवानपुर गढीको मक्राञ्चुली प्रस्ताव गरिएको छ । मनहरी गाउँपालिकामा हाँडीखोला र मनहरी गाविस रहने भएका छन् केन्द्र मनहरीको रजैया तोकिएको छ । राक्सिराङ गाउँपालिकामा राक्सिराङ, सरिखेत, काँकडा तथा खैराङ रहेका छन भने केन्द्र राक्सिराङको चैनपुरलाई प्रस्ताव गरिएको थापाले बताए । कैलाश गाउँपालिकामा डाँडाखर्क, गोगने, कालिकाटार, भार्ता र नामटार रहेको छ भने केन्द्र कालिकाटारको कटुञ्जेलाई प्रस्ताव गरिएको छ । इन्द्रसरोवर गाउँपालिकामा कुलेखानी, सिस्नेरी तथा फाखेल र मार्खु गाविस रहेका छन भने केन्द्र कुलेखानी रहेको छ । थाहा नगरपालिकामा टिष्टुङ, चित्लाङ तथा आग्रा थप भएका छन भने हेटौंडा उपमहानगरपालिका हालकै कायम हुने भएको छ ।