सांसद बानियाँद्वारा मन्दिर शिलान्यास
हेटौंडा, २२ कात्तिक / नेपाली काँग्रेस मकवानपुरका सभापति तथा क्षेत्र नम्बर १ का सांसद इन्द्रबहादुर बानियाँद्वारा छतिवनमा सोमबार महादेव मन्दिरको शिलान्यास गरेका छन् । सांसद बानियाँले छतिवन–७ भडौरामा सिमातेश्वर महादेव मन्दिर शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद बानियाँले स्थानीय क्षेत्रको विकास निर्माणका काममा सबै एकजुट हुनुपर्ने बताएका छन् ।
उनले विकासमा राजनीति नगरी समन्वयकारी ढंगबाट आफू अघि बढ्न तयार रहेको बताउँदै यस क्षेत्रको विकासका लागि जनतास“ग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्दिर निर्माणका लागि सांसद बानियाँले दुई लाख रुपैंयाँ सहयोग गर्ने भएका छन् । कार्यक्रममा मन्दिर समितिका अध्यक्ष रमिला खड्का, नेपाली काँग्रेसका १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, पार्टी संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेललगायतकाले मन्तव्य ब्यक्त गरेका थिए ।

