गणेशमानको जन्मजयन्ती मनाइने
हेटौंडा,२२ कार्तिक/ नेपाली काँग्रेस मकवानपुरले सर्वोच्च नेता एवं लौहपुरुष स्व. गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ ।
नेपाली काँग्रेस मकवानपुरका सभापति तथा सांसद इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले स्व. गणेशमान सिंहको १ सय १ औं जन्मजयन्ती भब्यताका साथ मनाउने निर्णय गरेको हो । जन्मजयन्तीको अवसरमा २४ गते बिहान ७ बजे हेटौंडा अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण र दिउँसो १ बजे पार्टी कार्यालयमा बृहत विचार गोष्ठीको आयोजना गरिने निर्णय गरिएको नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका
छन् ।
राष्ट्रिय राजनीतिमा गणेशमानले मुलुकका लागि पु¥याएको अतुलनीय योगदानलाई स्मरण र अनुकरण गर्ने
गराउने उद्देश्यले नेपाली काँग्रेसले हरेक वर्ष कार्तिक २४ गते जन्मजयन्ती भव्यताका साथ मनाउँदै आएको छ ।

