Header Ads


आज राष्ट्रिय महिला भलिबल

हेटौंडा/हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सवमा आज आइतबार राष्ट्रिय महिला भलिबलको मैत्रीपूर्ण खेल हुने भएको छ । राष्ट्रिय महिला भलिबल खेलाडीको वर्चश्व रहेको सशस्त्र प्रहरीको एपिएफ र न्यू डायमण्ड क्लबको बीचमा मैत्रीपूर्ण भलिबल खेल हुनेछ । 
नेपालमा हुने गरेका प्राय ः भलिबल प्रतियोगिताहरुमा यही २ टिम नै अग्र स्थानमा रहने गरेका छन् । महोत्सवको खेलकुद समितिका संयोजक सबिन भट्टाचार्यले यी २ टिमको मैत्रीपूर्ण भलिबल निकै रोमाञ्चक हुने विश्वास व्यक्त गर्दै सहभागिताको निम्ति सबैलाई अनुरोध गरे । सशस्त्रको टोली शनिबार बिहानै हेटौंडा आइसकेको र डायमण्ड क्लवको टोली आज आइतबार बिहान हेटौंडा आउने सह–संयोजक 
सुरेश मुडबरीले जानकारी दिए । १३ गते सोमबार फुल कन्ट्याक्ट कराँतेको खेल हुनेछन् । यसअघि कुस्ती, म्याराथन र तेक्वान्दो खेल भइसकेको छ ।
Powered by Blogger.