Header Ads


‘विखण्डनकारी हाबी हुने खतरा’

हेटौंडा, ४ मंसिर/राप्रपा नेपालका केन्द्रीय अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले तराई मधेशको जायज माग सम्बोधनमा ढिलाइ गरे विखण्डनकारी शक्ति क्रियाशील हुने बताएका छन् ।
मिडिया नेपाल मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले तराई मधेशको समस्याको बिषयमा समयमै सचेत नभए विखण्डनकारी प्रवृत्ति र शक्ति तराईमा हावी हुने खतरा रहेको बताएका हुन् । ‘मधेशको जायज माग सम्बोधन गर्न ढिलाई गर्नुहुँदैन’, थापाले भने–‘प्रमुख राजनीतिक दलहरुले सकेसम्मको लचकता अपनाउनुपर्छ ।’ यसो हुन नसकेमा तराईको परिस्थिति सम्हाल्न गाह्रो हुने अध्यक्ष थापाको भनाइ छ । तराई मधेशको समस्या समाधानको लागि अहिलेसम्म सर्वदलीय छलफल हुन नसकेको भन्दै उनले ३ दलका सीमित नेताहरुको बीचमा मात्र छलफल भइरहेको खुलासा गरे । चुनावको लागि तराई मधेशको समस्या समाधान गर्नुपने बताउँदै उनले चुनाव नभई संविधान पूर्ण कार्यान्वयन हुन नसक्ने बताए ।
यस्तै पार्टी एकताको प्रसङ्गमा थापाले सरकारमा जाने वा नजाने भन्ने बिषयमा प्रधानमन्त्री प्रचण्ड र अन्य सत्तारुढ दलको व्यवहारमा भरपर्ने बताए । ‘अहिल्यै सरकारमा सहभागी हुने÷नहुने भन्ने बिषय गौण हो’, उनले भने, ‘पार्टी एकीकरण पहिलो आवश्यकता ठान्यौं र यही मङ्सिर ६ गते राप्रपा र राप्रपा नेपालको बीचमा एकता गर्दैछौं ।’
सरकारमा रहेको राप्रपास“गको एकतापछि आफूहरु स्वत सत्ता पक्षीय हुने र ७ गतेबाट आफूहरु सत्तापक्षमा नै बस्ने जानकारी दिँदै उनले थपे, ‘प्रधानमन्त्रीले सरकारमा सहभागिताको लागि अनुरोध गरिसक्नुभएको छ, तर हामीले यस बिषयमा अहिल्यै सोचिसकेका छैनौं ।’

Powered by Blogger.