रोट¥याक्ट हेटौंडाको रक्तदान
हेटौंडा, ४ मंसिर/रोट¥याक्ट क्लव अफ हेटौंडाले शनिबार हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रोट¥याक्ट डिष्ट्रिकको देशव्यापी रक्तदान कार्यक्रमअन्तर्गत हेटौंडाले आयोजना गरेको कार्यक्रममा ५ महिलासहित ५१ जनाले रक्तदान गरेका थिए । पछिल्लो समय मुलुकको विभिन्न स्थानमा रगतको अभाव भएको भन्दै रोट¥याक्ट डिष्ट्रिकले देशव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सामाजिक कार्यमा योगदान पु¥याउँदै आएको रोट¥याक्ट क्लव अफ मकवानपुरले डिष्ट्रिकको अभियानलाई आत्मसाथ गर्दै हेटौंडामा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए । आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने उनले बताए । कार्यक्रममा रोटरी क्लव अफ हेटौंडाका पूर्व अध्यक्षहरु एवम् अन्य विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

