Header Ads


निर्मल बहुमुखी क्याम्पस अध्यक्षमा भेटवाल

हेटौंडा, ४ मंसिर/हेटौंडा–२९ बस्तीपुरमा रहेको निर्मल बहुमुखी क्याम्पसको अध्यक्षमा गणेशप्रसाद भेटवाल चयन भएका छन् । 
शनिबार भएको प्रथम साधारण भेलाले भेटवालसहित १० जनालाई सर्वसम्मत चयन गरेको हो । क्याम्पसको सदस्यमा नरहरि नन्दन उप्रेती, राजकुमार भेटवाल, राम घलान, सागर उप्रेती, मनिला बिष्ट, बिष्णुहरि पण्डित, उमेश बर्तौला, रुपेश बर्तौला र राजु नेपाललाई सर्वसम्मत चयन गरेको छ । क्याम्पसको विधान अनुसार भेलाले अध्यक्षसहित १० जनाको चयन गर्ने र पछि ७ जनालाई मनोनयन गर्ने प्रावधान रहेको छ । बाँकी कार्यसमितिको बाँडफाँट पछि गरिने बताइएको छ । अध्यक्षमा चयन सर्वसम्मत चयन भएका भेटवालले क्याम्पसको विकासको निम्ति सबैसंग हातेमालो गरी अघि बढ्ने बताए । ‘हेटौंडा उपमहानगरमै भएर पनि अलि पछि परेको जस्तो देखिएको यस क्याम्पसको गुणस्तर एवम् भौतिक विकास मेरो पहिलो प्राथमिकता हो’ ,अध्यक्षमा चयन भएका भेटवालले भने, ‘सबैको साथ र सहयोगले निर्मल बहुमुखी क्याम्पसलाई नमूनालायक बनाइने छ ।’
क्याम्पस कार्यबहाक अध्यक्ष नरहरि नन्दन उप्रेतीको अध्यक्षता एवम् हेटौंडा स्कूल अफ म्यानेजमेण्टका प्राचार्य पुरणबहादुर जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा निर्मल उच्च माविका प्राचार्य प्रबोध बिडारी, संस्थापक अध्यक्ष गणेश भेटवाल, अभिभावक संघ अध्यक्ष हरिवंश भेटवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.