Header Ads


राप्रपा नेपालको प्रवक्तामा शाही

हेटौंडा, ४ मंसिर/राप्रपा नेपाल मकवानपुरको प्रवक्तामा शुन्दर शाही ठकुरी (मामा) चयन भएका छन् ।
शनिबार भएको पार्टीको जिल्ला बैठकले शाहीलाई प्रवक्ता तोकेको हो ।
राप्रपा नेपाल जिल्ला सदस्य, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय सदस्य तथा किसान संगठन वडा नम्बर–१ का अध्यक्ष शाहीलाई पार्टीले प्रवक्ताको जिम्मेवारी तोकेको हो । पार्टी र जिल्लामा रहेको सञ्चारमाध्यम तथा सञ्चारकर्मीसँग नजिक रहेर काम गर्ने बताउँदै उनले आफूले प्राप्त गरेको जिम्मेवारीलाई सफतापूर्वक निर्वाह गर्ने बताए ।
२०४८ सालमा विद्यार्थीबाट राजनीति सुरु गरिसकेको शाही कुशल खेलाडी तथा कलाकार समेत हुन् ।
Powered by Blogger.