Header Ads


शनिबार ३५ हजारले गरे अवलोकन

हेटौंडा, ४ मंसिर/सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान तथा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सवमा अवलोकनकर्ता बढ्न थालेका
छन् ।
शनिबार करिब ३५ हजार जनाले महोत्सवको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । शनिबार महोत्सवमा अवलोकनकर्ताको घुइ“चो लागेको आयोजक प्रतिष्ठान अध्यक्ष भेष खड्कीले जानकारी दिए । अन्य दिनका तुलनामा मेलाको तेस्रो दिन मेला स्थल भरिएको थियो । मेलामा बिहानैबाट भीड लागेको र व्यापार पनि मनग्य भएको आयोजकले जनाएको छ । ‘अन्य दिनको तुलनामा महोत्सव स्थल हेटौंडाको टीसीएन मैदानमा शनिबार सर्वसाधारणको भीड लागेको छ’, आयोजक प्रतिष्ठानका महासचिव सविन न्यौपानेले भने, ‘दिन प्रतिदिन मेला भर्नेको संख्या बढिरहेकोमा हामी निकै खुसी रहेका छौं ।’ दर्शकहरुको रुचिमा राष्ट्रिय कलाकार र विविध खेलकुद प्रतियोगिता रहेको छ । आयोजकका अनुसार मंसिर ८ र ९ गते हुने कुस्ती प्रतियोगिताका लागि अग्रिम टिकट लिनेहरुको संख्या समेत बढेको छ । ‘मेलाको अर्को मुख्य आकर्षण भनेको कुस्ती प्रतियोगिता पनि हो । त्यसका लागि पनि टिकट बुकिङ भइरहेका छन्’, उनले हेटौंडा गट ट्यालेण्टका कारण पनि मेला भर्नेको संख्या बढेको बताए । नेको इन्स्योरेन्स पावर बाईको रुपमा रहेको महोत्सवमा शनिबार राष्ट्रिय गायक सविन राई र उनको ब्याण्ड तथा लोकगायक भोजराज काफ्लेले मनोरञ्जन प्रदान गरेका थिए । जारी महोत्सवमा आज आइतबार ८८४८ ब्याण्ड, गायक ध्रुब विस्को, ¥याप गायक भरत समारी र विश्वकै होचो व्यक्ति दीपेन शाही आउने प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए । तीन सय ५० वटा स्टल रहेको महोत्सवमा म्याराथन, तेक्वान्दो, सशस्त्र प्रहरी र न्यू डायमण्ड क्लबका महिला खेलाडिबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी रहेका छन् । खेल महोत्सवमा जिल्लामै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हँुदैछ । मेलामा राखिएका अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण रहेका छन् । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड सांगीतिक प्रस्तुति भइरहेको छ । महोत्सव करिब दुई लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले अनुमान छ । महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष रहेको छ ।

गट ट्यालेण्टको नृत्यमा १० जना छनौट

हेटौंडा/हेटौंडामा जारी महोत्सवमा हेटौंडा गट ट्यालेण्ट अन्तर्गत् नृत्य विधातर्फ उत्कृष्ट १० जना छनौट भएका छन् । यसअघि गायनतर्फ पनि उत्कृष्ट दश छनौट भइसकेका छन् । शनिबार प्रतियोगितामा सहभागीहरुले देखाएको नृत्यको आधारमा दशजनाको छनौट गरिएको हो । 
छनौट हुनेहरुमा अफ्रिब लामा, बिष्णु कोइराला, कोब्रा गाइज, दिल(रितु श्रेष्ठ, कृष्ण तामाङ, सविना मंग्रान्ती, निकिल बस्नेत, स्वस्तिका लामा, रविना लामा र सोनिका गुरुङ रहेका छन् । १५ जनाबाट अन्तिम दश जनालाई छनौट गरिएको गट ट्यालेण्ट संयोजक विशाल घोषले जानकारी दिए । नृत्यतर्फ बाँकी रहेका दशजना प्रतिस्पर्धीबाट निर्णायकको निर्णय, फेसबुक लाइक र टिकट भोटिङको आधारमा छनौट हुँदै जानेछन् । 
गायन र नृत्य दुवै विधाको उत्कृष्ट एक÷एक जना मध्ये पनि सर्वोत्कृष्ट हुन सफल एकजनालाई हेटौंडा गट ट्यालेण्टको उपाधि दिइने छ । गट ट्यालेण्टले नगद ३० हजारसहित विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्नेछ भने इक्ल्याट एजुकेसन लिंक्सले आइएल्ट्स कोर्षमा ५० प्रतिशत छुट दिनेछ ।
Powered by Blogger.