फेरि पड्कियो साहाराको सिलिन्डर
हेटौंडा, ६ मंसिर/जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख एवम् युवा संगठनका अध्यक्षहरुले साहारा ग्यासको लापरबाहीको बिरोध गरिरहेका बेला सोमबार बेलुका हेटौंडा–१० भुटनदेवी मोडस्थित एक होटलमा साहाराको सिलिण्डर पड्किएको छ ।
सोलिड्यारिटी स्कूल छिर्ने बाटो (भूटनदेवी मोड) मा सोमबार साँझ करिब सवा ५ बजेको समयमा भएको साहाराको सिलिण्डर बिस्फोटले होटल पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सरिता रिजालको घरमा होटल गरी बसेका बाराका ललन शाहले सञ्चालन गरेको होटलमा सिलिण्डरको पाइपबाट आगलागी सुरु भएको
थियो । पाइपबाट आगो लाग्नसुरु भएपछि भागदौड समेत मच्चिएको थियो । आलगागी सुरु भएको करिब १५ मिनेटपछि ठूलो आवाजमा सिलिण्डर बिस्फोट भएको होटल मालिक शाहले बताए । होटलमा नै बस्ने खाने गरेका शाहको सम्पूर्ण धनमाल नष्ट भएको छ भने घरमासमेत क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
थियो । पाइपबाट आगो लाग्नसुरु भएपछि भागदौड समेत मच्चिएको थियो । आलगागी सुरु भएको करिब १५ मिनेटपछि ठूलो आवाजमा सिलिण्डर बिस्फोट भएको होटल मालिक शाहले बताए । होटलमा नै बस्ने खाने गरेका शाहको सम्पूर्ण धनमाल नष्ट भएको छ भने घरमासमेत क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
‘साहारा ग्यास हैन, बम हो’
हेटौंडा/मकवानपुरमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिले साहारा ग्यासलाई बमको संज्ञा दिएका छन् ।
पछिल्लो समय साहारा ग्यासकै खराबीको कारण लगातार जसो आगलागी र सिलिण्डर पड्किने घटना भइरहेको भन्दै उनीहरुले साहारा ग्यासलाई बमको संज्ञा दिएका हुन् । साहारा ग्यासकै लापरबाहीको कारण नापी कार्यालय भएको घरमा आगलागी, त्यसअघि हेटौंडा, कमानेका गोकुल दाहाल र हेटौंडा–४ स्थित आगमन भाजा पसलमा साहाराको सिलिण्डर बिष्फोट र आगलागी तथा सोमबार बेलुका हेटौंडा–१० मा रहेको एक चिया पसलमा भएको साहाराको सिलिण्डर बिष्फोष्टको उदाहारण दिंदै माले मकवानपुर सचिव भीमसेन महतले भने, ‘ग्यास हैन, बम रहेछ, अब हामी सबै सचेत हुनुपर्ने बेला भएको छ । यही ग्यास उद्योगको लापरबाहीको कारण कुनै पनि बेला हाम्रो ज्यान जान सक्छ ।’ माले मकवानपुरले यी घटनाहरुलाई आधार मानेर मकवानपुरबासीमा साहारा ग्यासको प्रयोग नगर्न अनुराध गरिसकेको भन्दै नेता महतले फेरि यस्ता घटना नदोहोरिएला भन्न नसक्ने बताए । यता नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी मकवानपुरका जिल्ला नेता गोकुल दाहालले जनतामाथि खेलवाड गर्ने यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे। ‘एक पटक हैन पटक पटक साहारा ग्यासको लापरबाहीको कारण आगलागी र सिलिण्डर बिष्फोटको घटना भएका छन्’, उनले भने, ‘यत्ति हुँदा पनि प्रशासन मौन रहनु गम्भीर कुरा हो । यस बिषयलाई हाम्रो पार्टीले गम्भीर रुपमा लिएको छ ।’ प्रशासनले उद्योगलाई कारबाही नगरे आफ्नो पार्टीले नै कारबाही गर्न सक्ने चेतावनी दिए । प्रशासन मौन रहनुले यसमा उनीहरुको पनि मिलेमतो छ भनेर अनुमान लगाउन सकिने नेता दाहालको आरोप छ ।

