Header Ads


दोस्रो किस्ताको चिन्ता

हेटौंडा, १३ मंसिर/मकवानपुरका भूकम्प पीडितहरुले दोस्रो किस्ताको रकमको लागि चासो एवम् चिन्ता व्यक्त गर्न थालेका छन् । 
इन्सेक मकवानपुरको आयोजनामा सोमबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा पहिलो किस्ताको रकमले घर बनाउन थालेको भन्दै भूकम्प पीडितले दोश्रो किस्ताको रकम निकासा गरिदिन माग गरेका हुन् । दोस्रो किस्ताको अन्यौलता हटाउन केही दिन अघि यसको कार्यविधि आइसकेको भन्दै जिल्ला विकास समिति मकवानपुरका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले कार्यविधि सबै गाविसहरुमा पु¥याइने बताए । 
‘कार्यविधि अनुसार गाविसहरु यस कार्यका लागि अघि बढ्ने’, उनले भने, ‘दोस्रो किस्ताका लागि रकम अभाव 
छैन । अपुग भएमा थप माग गर्न सकिने छ ।’ जिल्लालाई प्राप्त एक अर्ब ४७ करोड रुपैया“मा ९० करोड रुपिया“ मात्रै खर्च भएकोले दोस्रो किस्ताका लागि रकम अपुग नहुने बताए । त्यस्तै केही गैरसरकारी संस्थाहरुले पनि लाभग्राहीका लागि दिने भनिएको दोस्रो किस्ताको रकमका लागि कानूनी प्रक्रिया सहज भएको न्यौपानेको भनाइ छ । 
दोस्रो किस्ताका लागि भने अब पूर्ण रुपमा प्राविधिकको स्वीकृति आवश्यक पर्नेछ । घर बनाउन थालेपछि प्राविधिकले निरीक्षण गरेर गाविसमा दोस्रो किस्ताका लागि सिफारिस गर्ने र गाविसबाट जिल्लामा सिफारिस भएपछि लाभग्राहीको खातामा रकम पठाइनेछ । प्राविधिकको संख्या निकै कम रहेकोले अब निरीक्षणको पाटोमा चुनौती आउने न्यौपानेको भनाइ छ । एउटा गाविसमा ३ जना प्राविधिक रहेकाले घरघर पुगेर निरीक्षण गर्न समस्या हुने उनले बताए । 
भवन प्राविधि तालिम तथा अनुसन्धान केन्द्रका प्रमुख सुदीप आचार्यका अनुसार प्राविधिकहरुले नै दोस्रो किस्ताको सिफारिस गर्नेछन् । दोश्रो किस्ताका लागि स्थानीयस्तरमा निकै चासो देखिएको गाविस सचिव हक हित संरक्षण मञ्चका अध्यक्ष टेकनाथ काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार कार्यविधि नआएका कारण दोस्रो किस्ताको लागि सिफारिस नभएको हो । कार्यविधि आएस“गै दोश्रो किस्ताका लागि माग आउने उहा“को भनाइ छ । 
मकवानपुरका ३० हजार २ सय ३८ जना लाभग्राही मध्ये १९ हजार ५ सय ४० जना लाभग्राहीहरुस“ग सम्झौता भइसकेको छ । १८ हजार १ सय ६१ जनाले पहिलो किस्ताबापतको ५० हजार रुपिया“ बुझिसकेका छन् ।
Powered by Blogger.