Header Ads

बानियाँ राज्यमन्त्री बन्ने पक्का

हेटौंडा, १४ मंसिर/नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् सांसद् इन्द्रबहादुर बानियाँ राज्यमन्त्री बन्ने पक्कापक्की भएको छ । 
काँग्रेसले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई बुझाएको १० राज्यमन्त्रीहरुको सूचीमा बानियाँको नाम पनि रहेको छ । बानियाँको नाम पर्यटन राज्यमन्त्रीमा सिफारिस भएको छ । पार्टी सभापतिले सिफारिस गरेको नाम उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले प्रधानमन्त्रीलाई बुझाएको बताइएको छ । उनीसहित राज्य मन्त्रीमा नाम सिफारिस भएकाहरुले आज बुधबार सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । 
सरकारमा काँग्रेसको नेतृत्व गरेका निधिले १० जना राज्यमन्त्रीहरुको नाम र मन्त्रालयसहित प्रधानमन्त्रीलाई पठाएका हुन् । दिर्घसिँंह भाट भौतिक योजना राज्यमन्त्री, सिताराम मेहेता वन र तारामान गुरुङलाई स्वास्थ्य राज्यमन्त्रीको लागि सिफारिस गरिएको जानकारीमा आएको छ । त्यस्तै सुरेन्द्र आचार्य सिंचाइ राज्यमन्त्रीमा सिफारिस भएका छन् भने सुवर्ण ज्वारचन शहरी विकास राज्यमन्त्रीको लागि सिफारिसमा परेका छन् । दिलिप गच्छदार श्रम राज्यमन्त्री, दिलिप खड्का खानेपानी तथा सरसफाइ, कञ्चन वादे उद्योग, मिठु मल्ल वाणिज्य राज्यमन्त्रीको लागि सिफारिस भएको बताइएको छ । बानियाँका स्वकीय सचिव एवम् पत्रकार रुपेश दुलालले सांसद् बानियाँको नाम पर्यटन राज्यमन्त्रीमा सिफारिस भएको जानकारी आएको बताउँदै भने, ‘रातभरीमा निर्णय परिवर्तन नभएमा राज्यमन्त्री बन्ने करिब पक्कापक्की जस्तै भएको छ ।’ पहिलो संविधानसभाको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट पराजित भएका बानियाँ दोस्रो संविधानसभा निर्वाचनमा १ नम्बर क्षेत्रबाटै विजयी भएका थिए । काँग्रेसको १३ महाधिवेशनको क्रममा भएको जिल्ला अधिवेशनबाट उनी अत्याधिक बहुमतले काँग्रेस मकवानपुरको सभापतिमा निर्वाचित भएका थिए ।
हेटौंडा, १४ मंसिर÷नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् सांसद् इन्द्रबहादुर बानियाँ राज्यमन्त्री बन्ने पक्कापक्की भएको छ । 

Powered by Blogger.