जात्राको तयारी तीव्र
थाहानगर/यसवर्षको इन्द्रायणीमाईको जात्राको तयारी तीव्र पारिएको छ ।
उत्तरी मकवानपुरमा हरेक तीन वर्षमा लाग्ने इन्द्रायणीमाईको मेलाको लागि गुठीका अध्यक्ष श्यामभक्त श्रेष्ठको अध्यक्षतामा सरोकारवालाहरु बीचमा छलफल भएको छ ।
अध्यक्ष श्रेष्ठले राज्य पुर्नसंरचना संगै इन्द्रायणी जात्रा साविक पालुङ गाविस वडा नम्बर ३ र ६ को मात्र नभई सिंगो थाहा नगरपालिकाको भएकोले जात्रा भव्य रुपमा सफल पार्नको लागि सिंगो नगरबासी लाग्नुपर्ने बताए । जात्रा व्यवस्थापनको लागि स्वयंसेवक परिचालन थाहा नगरका प्राय वडाका युवाहरुबाट सहयोगको अपेक्षा राखेको उनले बताए । स्थानीय जनमानसमा इन्द्रायणी माईको पूजा आराधना र भाकलले मनले चिताएको पाइन्छ भन्ने जनविश्वास रहीआएको छ । यस वर्ष यहि मंसिर २८ गतेबाट लाग्ने यो मेला भर्नको लागि सम्पूर्णलाई जात्रा समितिले आमन्त्रण समेत गरेको छ ।

