Header Ads


सांसद् बानियाँद्वारा महोत्सव स्थल अवलोकन

हेटौंडा, २४ कात्तिक/ व्यवस्थापिका संसद् सदस्य इन्द्रबहादुर बानियाँले यही मंसिर २ गतेबाट १२ गतेसम्म हेटौंडामा आयोजना हुँदै गरेको महोत्सव स्थलको अवलोकन गरेका छन् । 
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गा (भूटनदेवी पार्क) मा हुन लागेको खेलकुद तथा व्यापार महोत्सव–२०७३ आयोजना स्थलको बुधबार बिहान अवलोकन गरेका हुन् । नेपाली काँग्रेस मकवानपुरका सभापति समेत 
रहेका बानियाँले महोत्सवको लागि आफ्नो तर्फबाट हुनसक्ने सबै खाले सहयोग हुने बताए । ‘यस महोत्सवले स्वर्गीय सुमन भोम्जनको योगदानलाई चीरस्थायी राख्नुका साथै हेटौंडा गोल्डकपलाई निरन्तरता दिन समेत सघाउ पु¥याउँछ’, बानियाँले भने, ‘यहाँको खेल क्षेत्रको विकासका साथै आर्थिक विकासमा समेत मद्दत पु¥याउने यो महोत्सवलाई सफल पार्नको निम्ति काँग्रेस मकवानपुर र मेरो व्यक्तिगत तर्फबाट हुनुपर्ने सबै सहयोग
हुनेछ ।’
Powered by Blogger.