Header Ads


‘गणेशमानको विचार आज पनि उत्तिकै महत्वपूर्ण’

हेटौंडा, २४ कात्तिक/नेपाली काँगे्रस मकवानपुरका नेताहरुले गणेशमान सिंह नेपाली राजनीतिका ‘सर्वोच्च नेता’ भएको दावी गरेका छन् । 
काँग्रेस मकवानपुरले बुधबार नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता सिंहको १०२ औं जन्मजयन्तीको सन्दर्भमा पार्टी कार्यालय हेटौंडामा आयोजना गरेको विचार गोष्ठीका वक्ताहरुले यस्तो दावी गरेका हुन् । विचार गोष्ठीमा गत बर्ष प्राप्त भएको नेपालको संविधान कार्यान्वयनका लागि समेत गणेमान सिंहको विचार आज पनि अनुशरणीय भएको बताए । नेपालका दलहरु र नेताले गणेशमान सिंहको जस्तो त्यागको भावना देखाउन सके मात्र नेपाली राजनीतिमा अस्थिरता हट्ने नेताहरुको धारणा थियो । प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डरको रुपमा उनलाई चिनिन्छ । विभिन्न कालखण्डमा भएका आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएका सिंह लौह पुरुषकारुपमा चिनिन्छ । वि.सं. १९७२ साल कात्तिक २४ गते राजनीतिक सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेठो छोराको रुपमा काठमाडौंको यट्खामा जन्मिएका थिए । काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमिएका थिए । 
भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान पवबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भइसकेका थिए भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजिवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको थियो । कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अथिति निवर्तमान सभापति रघुरमण न्यौपाने, अथितिहरु माइकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विक, संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, प्रवक्ता प्रदिप कोइराला, महासमिति सदस्य अशोक शाक्य, महारत्न लामा, केशवप्रसाद काफ्लेलगायतले गणेशमानले पु¥याएको योगदान र उनको जीवनीको बिषयमा बोलेका थिए । 

Powered by Blogger.