बस्तीपुरको जेसीज सप्ताह सुरु
हेटौंडा, २४ कात्तिक/बस्तीपुर जेसीजको बर्ष सन् २०१६ को जेसीज सप्ताह सुरु भएको छ ।
आयोजक बस्तीपुर जेसीज र लायन्स क्लव इन्टरनेशनल ३२५ बी टु एरिया–२ अन्तर्गत रहेका लायन्स क्लवको मैत्रीपूर्ण फुटबल खेलबाट जेसीज सप्ताह सुरु भएको हो । जेसीजले लायन्स क्लवको समूहलाई ३–१ गोल अन्तरले हराएको छ । सुदीप राजबहाकको गोलबाट अग्रता लिए पनि लायन्सको समूह विजेता बन्न भने सकेन । जेसीजको तर्फबाट सन्तोष ढुङ्गेल, सुवास विडारी र भुपेन्द्र चौलागाईंले एक÷एक गोल गरे ।
जेसीज अध्यक्ष बिनोद बर्तौलाको अध्यक्षता एवम् लायन्स क्लव इन्टरनेशनल ३२५ बी टुका डिष्ट्रिक गभर्नर घनश्याम भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि भट्टराईले यस प्रतियोगिताले लायन्स र जेसीजको बीचमा थप सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे । यस्तै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जेसीजलगायतका सामाजिक संघसंस्थाले बेलाबखतमा आयोजना गर्ने खेलकुदका कार्यक्रमले खेल क्षेत्रको विकासमा सघाउ पु¥याइरहेको भनाइ राखे । कार्यक्रम संयोजक रुपेश केसीको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष राजेश मोहन प्रधान, पूर्व कार्यकारिणी उपाध्यक्ष अञ्जनीकुमार पराजुली, हेटौंडा जेसीजका अध्यक्ष धर्मराज बानियाँ, हेटौंडा लेडी जेसीज अध्यक्ष शोभा खरेल, बसामाडी जेसीजका अध्यक्ष सुनिल दाहाल, बस्तीपुर जेसीजका पूर्व अध्यक्षद्वय दीपेन्द्र बर्तौला र बसन्त सिटौला, निवर्तमान अध्यक्ष प्रेम बोलखेलगायतको आतिथ्यता रहेको थियो । जेसीज सप्ताह मूल कार्यक्रम संयोजक सुनिल अधिकारीले कार्यक्रममा स्वागत गरेका हुन् । यसैबीच जेसीज सप्ताह अन्तर्गत बुधबारै बस्तीपुर जेसीजले हेटौंडा–५ सिंचाईटोलमा रहेको हाम्रो घरलाई खाद्यान्न वितरण गरेको छ । विभिन्न कारण परिवार विमुख भएका बालबालिकाको संरक्षण एवम् पालनपोषण गर्दै आएको हाम्रो घरलाई आवश्यक खाद्यान्न सहयोग गरिएको जेसीज महासचिव प्रकाश अर्यालले जानकारी दिए । बस्तीपुर जेसीजका संस्थापक अध्यक्ष गणेशप्रसाद भेटवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छिमेकी शाखाका प्रमुख एवम् प्रतिनिधिको आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक रमेश उप्रेतीको संयोजकत्व एवम् जेसीज अध्यक्ष बिनोद बर्तौलाको अध्यक्षतामा कार्यक्रम भएको हो । जेसीज सप्ताह अन्तर्गत आज बिहीबार बिहान हेटौंडा–२९ नेवारपानीमा रहेको सिर्जनशील बौद्ध अनाथ प्राविमा पुस्तक तथा स्टेशनरी वितरण कार्यक्रम रहेको छ भने दिउँसो जेसीजका नयाँ सदस्य र नयाँ सदस्यता लिन चाहने तथा अन्य इच्छुक युवाहरुको लागि तालिम राखिएको मूल कार्यक्रम संयोजक सुनिल अधिकारीले जानकारी दिए ।

