Header Ads


सार्वजनिक सुनुवाई नभए आन्दोलनको घोषणा

हेटौंडा, २५ कात्तिक/नामटारका उत्तरी क्षेत्रमा रहेका १,३,४ नम्बर वडावासीले प्राविधिक समितीले निर्णय गरको केन्द्र पाएक नभएको भन्दै आन्दोलन घोषणा गरेका छन् । विहिबार सम्म माग सुनुवाई नभए भोली शुक्रबारबाट आन्दोलन गर्ने भएको छ ।
बुधबार जिल्ला विकास समितिको कार्यालय मकवानपुरमा एक पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलन त्रिभुवन राजपथको नामटार सडक सिमाना बाघमार देखि सिमभञ्ज्या· सम्म घोषणा गरेको हो । उक्त स्थानका वासिन्दालाई अहिले सेवा लिइरहेको स्थान भन्दा दोब्बर टाढा रहेको भन्दै पटक पटक राजनैतीक दल तथा प्राविधिक समितिलाई जानकारी गराएता पनि सुनुवाई नभएको भन्दै आन्दोलनको घोषणा गर्न बाध्य भएको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक कृष्ण बहादुर बम्जनले बताउनु भयो । आन्दोलनमा उक्त क्षेत्रमा सबै राजनीतिक दलका प्रतिनिधीले साथ दिए पनि जिल्ला स्तरीय नेताले साथ नदिएको समितिको गुनासो रहेको छ । पहिलो चरणको आन्दोलन अनिश्चितकालिन भएता पनि माग पुरा नभए जिल्ला स्तरमा नै आन्दोलनमा जाने समितिको निर्णय रहेको समितिले जानकार दिएको छ । समितिका अनुसार उक्त क्षेत्रका वासिन्दा थाहा नगरपालिका वा भिमफेदी गाउ“पालका मध्ये एकमा वस्न समेत राजी भएको तर प्रस्तावित कालिकाटार केन्द्र कदापी स्वीकार्य नहुने नया“ शक्ति नेपालका उदय हटुवालले बताउनु भयो । उत्तरी क्षेत्रका मागको लागी राजनीतिक दल गम्भिर नभए सवै पार्टिका प्रतिनिधले राजनीति समेत दिन सक्ने समितिले जानकारी दिएको छ ।
Powered by Blogger.